कैलालीमा अवरुद्ध पुर्वपश्चिम राजमार्गको बौनिया सडकखण्ड सुचारु

0

महेन्द्रनगर, कार्तिक १५
कैलालीमा अवरुद्ध पुर्वपश्चिम राजमार्गको बौनिया सडकखण्ड सुचारु भएको छ । दुई जना बालकको बसको ठक्करबाट ज्यान गएपछि अवरुद्ध भएको सडकखण्ड पुन सुचारु भएको इलाका प्रहरी कार्यालय बौनियाका इन्चार्ज प्रहरी निरीक्षक धु्रव विष्टले शुक्लाफाटा एफ्.एमलाई जानकारी दिएको छ ।

यो समाचार तयार पार्दासम्म पीडित पक्ष, महाकाली यातायातका प्रतिनिधीर राजनितिक दलका प्रतिनिधी, बुद्धिजीवी लगायतविच छलफल भइ रहेको थियो ।

कैलालीको बर्दगोरीयामा बसको ठक्करबाट घाइते भएका दुईजना बालकको उपचारका क्रममा ज्यान गएको छ । विहिबार साँझ ५ बजेतिर महेन्द्रनगरबाट काठमाडौँ गइरहेको महाकाली यातायातको ना ७ ख ६०४६ नम्बरको बसले बर्दगोरीया गाउँपालिका वडा नम्बर १ साझा चौक नजिक साइकलमा सवार दुईजना बालकलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका बर्दगोरीया गाउँपालिका वडा नम्बर १ का ८ वर्षीय अंशु चौधरी र घोडाघोडी नगरपालिका वडा नम्बर ८ का १२ वर्षीय लक्ष्मण चौधरीको उपचारको क्रममा ज्यान गएको हो ।

घाइते अंशु र लक्ष्मणलाई उपचारका लागि नेपालगन्ज रिफर गरिएको थियो । घाइते लक्ष्मण चौधरीको नेपालगन्जस्थित नर्सिङ होममा उपचारका क्रममा ज्यान गएको र अर्का घाइते अंशुको भारतको लखनउमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनु भयो ।

बस र चालकलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको उहाले बताउनु भयो ।

Share.

About Author

Leave A Reply