कैलालीमा गाई चोरी गरी काट्ने तीन जना पक्राउ

0

महेन्द्रनगर, कार्तिक ३
कैलालीमा गाई चोरी गरी काट्ने तीन जना पक्राउ परेका छन् ।

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १४ फुलबारी एच गाउ बस्ने ४५ वर्षीय अशोक तामाङ सहित अन्य २ जना नाबालकलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १४ बस्ने राम कृष्ण चौलागाईको गोठबाट गाई चोरी तामाङले २ जना नाबाल समेतलाई साथमा लगी चोरी गरेर जनकल्याण सामुदायिक वन भित्र गाइलाई काटेको प्रहरीले जनाएको छ ।

कैलाली प्रहरीका अनुसार गाईलाई काटी मासु भाग लगाए पश्चात आ आफ्नो घरमा लगिरहेको अवस्थामा तिनीहरुलाई पक्राउ गरिएको छ । साथै उनीहरुको साथबाट बन्चरो, हसिया समेत बरामद गरिएको छ ।

तिनीहरुलाई पक्राउ गरि थप अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

Share.

About Author

Leave A Reply