कैलालीमा गेटा मेडिकल कलेज सञ्चालनको लागि गृहकार्य

0

महेन्द्रनगर, भाद्र ३
कैलालीमा गेटा मेडिकल कलेज सञ्चालनको लागि गृहकार्य थालिएको छ । चांडै कलेज सञ्चालन गर्ने लक्ष्यका साथ गृहकार्य थालिएको हो ।हालसम्म निर्माणाधीन अवस्थामा रहेको मेडिकल कलेजमा आर्थिक वर्ष ०७७,७८ देखि पढाइ सञ्चालन गर्ने लक्ष्य लिइएको छ ।मेडिकल कलेजको न्यूनतम पूर्वाधार र आवश्यक संरचना चालु आर्थिक वर्ष्भित्रै सम्पन्न हुने भएकाले मेडिकल कलेज सञ्चालनको गृहकार्य पनि सुरु गरिएको गेटा मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिले जानकारी दिएको छ ।मेडिकल कलेज सञ्चालनका लागि सम्बन्धित मन्त्रालयले ‘मोडालिटी’ बनाउने कार्य गरिरहेको समितिका निर्देशक भीमबहादुर साउँदले जानकारी दिनु भयो । उहाले कलेज कुन मोडालिटीमा सञ्चालन गर्ने भन्ने टुङ्गो लागि नसकेको बताउँदै मन्त्रालयले गृहकार्य भने अगाडि बढाइ सकेको बताउनु भयो ।अहिलेसम्म मेडिकल कलेज सञ्चालनका लागि भने कानूनी जटिलता छ । कलेज संचालनका लागि कानून बनेमा चाँडै मेडिकल कलेज सञ्चालनमा आउने निर्देशक साउँदले बताउनु भयो । उहाले सम्भवतः हिउँदे अधिवेशनमा संघीय सरकारले कानून बनाउने बताउनु भयो ।आवश्यक उपकरणसहित भौतिक न्यूनतम् पूर्वाधारको काम एक वर्र्ष ्भित्रै सक्ने लक्ष्य रहेको साउँदको भनाइ छ ।आवश्यक संरचना निर्माणको काम सम्भवतः छ महिनाभित्रै पूरा हुने गरि काम भएरहेको निर्देशक साउँदले बताउनु भयो ।समितिले तीन महिनापछि कलेज भवन हस्तान्तरणको तयारी गरिरहेको छ । गेटा मेडिकल कलेजमा हालसम्म साना ठूला गरी २७ वटा भौतिक संरचनाको निर्माण कार्य भइरहेको छ । कलेज, अस्पताल र होस्टेल भवन लगायतका मुख्य,मुख्य संरचनाको निर्माण कार्य अन्तिम तिर पुगेको छ । यी संरचनाहरुलाई यसै वर्ष सम्पन्न गर्ने लक्ष्य रहेको समितिले जनाएको छ ।समितिका इन्जिनियर पवन रावलले कलेज भवनको निर्माण कार्य ८० प्रतिशत पूरा भएको बताउनु भयो । यसैगरी, पहिलो प्याकेज अन्तर्गत निर्माण भइरहेको अस्पतालको तल्लो भवनको निर्माण कार्य ६० प्रतिशत पूरा भएको छ । त्यसैमाथि बनिरहेको दोस्रो प्याकेज अन्तर्गतको दोस्रो अस्पताल भवनको निर्माण कार्य लगभग ४५ प्रतिशत सकिएको जनाइएको छ । तीन,तीन सय गरी दुवै अस्पताल भवन ६ सय शैय्याको रहेको छ ।डाक्टर र कर्मचारी आवास भवनको निर्माण कार्य तीव्र गतिमा भैरहेको इन्जिनियर रावलले जानकारी दिनु भयो । उहाले आवास भवनको ४६ प्रतिशत निर्माण कार्य पूरा भएको बताउनु भयो ।आवास भवनको निर्माण अवधि अझै एक वर्ष दुई महिना बाँकी रहेको छ । प्रशासनिक भवनको निर्माण कार्य भने सन्तोषजनक छैन । आर्थिक वर्ष २०८०र०८१ सम्म गेटा मेडिकल कलेजको आवश्यक सम्पूर्ण पूर्वाधार तयार हुने गुरुयोजना बनाइएको छ । हालसम्म मेडिकल कलेज सञ्चालनका लागि आवश्यक पर्ने न्यूनतम् पूर्वाधारमात्रै निर्माण भइरहेको छ । आवश्यकतानुरुपका थप पूर्वाधारको विभिन्न समयमा निर्माण हुँदै जाने इन्जिनियर रावलले बताउनु भयो ।

Share.

About Author

Leave A Reply