कैलालीमा ‘तनमन कांग्रेस, जनजन कांग्रेस” अभियान

0

महेन्द्रनगर, फागुन २२
नेपाली कांग्रेस कैलालीले जिल्लाका सबै १ सय २६ वडाहरुमा बुधवार देखि ‘तनमन कांग्रेस, जनजन कांग्रेस” अभियान थालेको छ । नेपाली कांग्रेस कैलालीका सभापती नरनारायण शाह मुनका अनुसार महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरुलाई उक्त नाराका साथ साथ एक महिने अभियानका लागि खटाईएको छ । अभियानमा ६९ जनालाई जिल्ला प्रतिनिधि बनाई खटाएको छ । जिल्ला कार्य समितिको बुधवार केन्द्रिय उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विजय कुमार गच्छदारको समुपस्थितिमा बसेको विस्तारित बैठकले उक्त निर्णय गरेको हो । जिल्लाको स्थानियस्तरमा संगठनको वर्तमान अवस्थाको अनुगमन तथा मुल्यांकन गरी यर्थातपरक प्रतिवेदन जिल्लामा बुझाउन प्रतिनिधिहरुलाई निर्देशन दिईएको छ । जिल्लाले विगत २ वर्ष देखि निरन्तर सुचारु राखेको निर्वाचन क्षेत्र देखि वडास्तर सम्मको प्रशिक्षण लगायत साधारण सदस्यता वितरण अभियान संचालन भए नभएको र वार्षिक सम्मेलनहरु नयां संरचना अनुसार आयोजना गर्न समेत जिम्मेवारी प्रदान गरी पठाईएको छ । प्रतिनिधिहरुले स्थानियस्तरमा भ्रातृ एवं शुभेच्छु संघसंस्थाहरुको संरचनाको विवरण र भुमिकाका सम्बन्धमा पनि आफ्नो राय, सझाव बुझाउने छन् । पार्टी तथा प्रतिस्पर्धी अन्य राजनीतिक दलहरु बीचको तुल्नात्मक अध्ययन र मुल्यांकन गरी प्रतिवेदनमा निश्कर्ष सहित उल्लेख गर्ने भनिएको छ । अन्य राजनितिक दलबाट नेपाली कांग्रेसमा प्रवेश गरेकाहरुको समुचित समायोजन तथा व्यवस्थापन गर्न सबै तहका समितिहरुलाई प्रतिनिधिहरु मार्फत निर्देशन दिइएको छ । सत्ताको आडमा संघीय, प्रदेश हुदै स्थानीय तहको विकास निर्माण कार्यमा दिनहू बढदै गएको व्यापक संस्थागत भ्रष्टाचार, अनियमितता र मनपरितन्त्रलाई नियन्त्रण गर्न सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्दै, ढीलो नगरी वडास्तर देखीनै छाया सरकारको गठन गर्न भनिएको छ । गाउंघरमा स्थानिय बुद्धिजिवीहरु संगको छलफल र जनता संगको प्रत्यक्ष सम्पर्कमा बस्दै, पार्टीका सैद्धान्तिक र वैचारिक पक्षहरु बारे जानकारी गराउन समेत आग्रह गरिएको छ । सबै तहमा एकता तथा मेलमिलापको भावनालाई सुदृढ तुल्याई आपसी भाईचारा र सद्भावलाई वृद्धि गर्न अग्रणी भुमिका खेल्न समेत प्रतिनिधिहरुलाई निर्देशन गरिएको छ ।

Share.

About Author

Leave A Reply