कैलालीमा निर्माणाधिन अवस्थामा रहेका ६ ठुला पूर्वाधार विकासका योजनामा मात्रै सवा दुई अर्ब बजेट फ्रिज

0

महेन्द्रनगर, श्रावण ४
कैलालीमा निर्माणाधिन अवस्थामा रहेका ६ ठुला पूर्वाधार विकासका योजनामा मात्रै सवा दुई अर्ब बजेट फ्रिज गएको छ । आर्थिक वर्ष २०७५र०७६ मा कैलालीमा ७ अर्ब ७३ करोड ३ लाख कुल विकास बजेट रहेकोमा चार अर्ब ९० करोड ५२ लाख अथात् ६३ प्रतिशत मात्र खर्च भएको छ भने ३७ प्रतिशत बजेट फ्रिज गएको हो । जसमा रानी जमरा कुलरिया सिँचाई आयोजना, संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, हुलाकी सडक योजना, मोहनापुल अत्तरिया सडक योजना, सहजपुर बोगटान दिपायल सडक योजना र संघिय आयोजना कार्यान्वयन ईकाइ कैलालीको मात्र ६ अर्ब ७३ करोड ६२ लाख ७८ हजार बजेट रहेको थियो । यी ६ वटा ठुला पूर्वाधारका योजनामा कुल बजेटको ६५ प्रतिशत मात्र खर्च भएको छ । जुन पछिल्लो एक दशककै सबैभन्दा न्युन प्रगती भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले बताउदै आएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय धनगढीका अनुसार ६ अर्ब ७३ करोड ६२ लाख ७८ हजार कुल बजेट रहेको ६ वटै योजनामा ४ अर्ब ४३ करोड ८८ हजार गरी ६५ दशमलव ७६ प्रतिशत खर्च भएको छ । यी छ योजनाको बजेट हेर्ने हो भने दुई अर्ब १२ करोड ३८ लाख ९९ हजार बजेट फ्रिज गएको छ । रानी जमरा कुलरिया सिचाई आयोजनाका लागि मात्र आर्थिक वर्ष २०७५र७६ मा तीन अर्ब ३५ लाख बजेट विनीयोजन भएको थियो तर बजेट कार्यान्वयनमा भएको ढिलासुस्ती र लापरवाहीकै कारण ४४ प्रतिशत मात्र खर्च हुँदा एक अर्ब ४८ करोड बजेट भने फ्रिज गएको छ । तर रानी जमरा कुलरिया सिँचाई आयोजनाले भने सार्वजनिक खरिद ऐन संशोधन भएका कारण ठेक्का सम्झौतामा नै अन्यौलता हुदा बजेट खर्च गर्न नसकिएको दावी गरिरहेको छ । रानी जमरा कुलरिया सिँचाई आयोजनाका प्रमुख मधुकर रानाले सार्वजनिक खरिद ऐन संशोधन हुदा ठेक्का सम्झौता गर्न नसकिएको बताउनु भयो । उहाले खरिद ऐन संशोधन हुदा आह्वान गरिएका बोलपत्र समेत स्थगीत गर्नु परेको दावी गर्नु भयो ।

Share.

About Author

Leave A Reply