कैलालीमा सेवाग्राहीबाट घुस लिदै गर्दा शसस्त्र प्रहरीका २ जनालाई अख्तियारले पक्राउ

0

महेन्द्रनगर, असोज १७
कैलालीमा सेवाग्राहीबाट घुस लिदै गर्दा शसस्त्र प्रहरीका २ जनालाई अख्तियारले पक्राउ गरेको छ । सशस्त्र प्रहरी सहायक हवलदार ज्ञान बहादुर चौधरी र शसस्त्र जवान रतीराम चौधरीलाई आज शुक्रबार रंगेहात पक्राउ गरिएको हो ।

अख्तियार महेन्द्रनगरका निमित्त प्रमुख प्रेम बस्नेतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरबाट खटिएको टोलीले भारतबाट आउने समानमा सहजीकरण गरिदिने भन्दै ब्यापारीबाट २० हजार लि“दै गर्दा उनीहरुलाई पक्राउ गरेको बताउनुभयो ।

सशस्त्र प्रहरीको बिओपी भजनीमा कार्यरत सहायक हवल्दार र जवान दुबैजनालाई भजनी नगरपालिका वडा नम्बर १ बाट पक्राउ गरिएको उहाले बताउनुभयो ।

दुवैजनाले भारतबाट आउने सामान सहज रुपमा भित्र्याउन सहयोग गर्ने भन्दै सेवाग्राहीबाट घुस लिएका थिए ।

Share.

About Author

Leave A Reply