कैलाली तथा कञ्चनपुरमा अटो आतंक

0

महेन्द्रनगर, भाद्र २८
कैलाली तथा कञ्चनपुरमा अटो आतंक अझै रोकिएको छैन् । अझैपनि कञ्चनपुर तथा कैलालीका विभिन्न स्थानहरुमा अटो रिक्साको व्यवस्थापन उचित तरीकाले हुन नसक्दा सडक दुर्घटना बढ्न सक्ने सम्भावना बढ्दै गएको छ । कञ्चनपुरको महेन्द्रनगर बजार, दैजी बजार तथा अन्य स्थानमा अटोको उचित व्यवस्थापन नहुदा दुर्घटनाको सम्भावना बढ्दै गएको सरोकारवालाहरुले बताएका छन् । यस्तै अवस्था कैलालीमा पनि रहेको छ । चुनावका बेला गरेका वाचाअनुसार जनप्रतिनिधीहरुले काम नगर्दा समस्या ज्युकात्यु रहेका छन् । धनगढी शहर नै ब्यवस्थित अझै हुन सकेको छैन् । प्रदेशको अस्थायि राजधानी समेत रहेको धनगढी शहरमा रहेकाखोका छाप्रा संगै छरिएर रहेको अटो मेकानिकलहरुका कारण सहर व्यवस्थीत हुन नसकेको कतिपयको आरोप छ । शहरको बिकासकै लागी धनगढीदेखी अत्तरियासम्म ६ लेन सडक निर्माणाधिन छ । सडक निर्माण पश्चातपनि छेउछाउमै अटो मेकानिक्स सेन्टर सञ्चालनमा रहे शहरको सोभा बिगार्ने स्थानिय समिर जंगकुँवरले बताउनु भयो । उहाले नगरपालिकाले यसलाई ब्यवस्थित बनाउनुपर्ने बताउनुभयो । अटोका क्षेत्रमै कार्यरत योगेन्द्र रावलले छरिएर रहेका अटो मेकानिक्सका कारण सहरको बिकासमा बाधा पुग्ने बताउनु भयो । धनगढी उपमहानगरलाई स्मार्ट सिटि बनाउने परिकल्पना पुरा गर्न अटो मेकानिक्सलाई व्यवस्थापन गर्नुपर्ने रावलले बताउनु भयो । अटो मेकानिक्स क्षेत्रमा कार्यरत मजदूरहरुले पनि व्यवस्थापनकालागी बिगतबाटै आवाज उठाइरहेका छन् । स्थानिय तथा प्रदेश सरकार नभएकै बेलापनि छुट्टै अटोल्याण्डको माग गर्दै उनिहरुले प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र पनि बुझाएका थिए । नेपाल अटो मेकानिक्स ट्रेड युनियन कैलालीका पुर्व अध्यक्ष भक्तबहादूर थापाले छुट्टै अटोल्याण्डको व्यवस्था भएमा मजदूरलाइ पनि काम गर्न सहज हुने बताउनु भयो । सहर व्यवस्थीत गर्न अटो मेकानिक्सलाई व्यवस्थित गरी छुट्टै अटो ल्याण्ड बनाउनुपर्ने उहाको भनाई छ । धनगढी उपमहानगरपालिकाका जनप्रतिनिधीहरुले धनगढी शहरलाई स्मार्ट सिटि बनाउने परिकल्पना संगै नारा पनि बनाए । तर निर्वाचित भएर आएको २ बर्ष भन्दा बढी बितिसक्दा सम्म अटो मेकानिक्स क्षेत्रको व्यवस्थापनकालागी कुनै योजना समेत बन्न सकेको छैन । उपमहानगरपालिकाका प्रवक्ता शन्तोस मुड्भरीले शहर व्यवस्थापनकालागी पहल चालि राखेको बताउनु भयो । बिगतबाटै ब्यवस्थित सहरको बिकासकालागी अटो ल्याण्ड स्थापना गर्न केही छलफल चलेको उहाले बताउनु भयो । अटो मेकानिक्सहरुले सम्बन्धित निकायले आफुहरुका कुरानै नसुनेको गुनासो गरेका छन् । छुट्टै अटोल्याण्ड स्थापना गर्न सके अटो मेकानिक्सलाई काम गर्न सहज हुनुका साथै शहरको सुन्दरता पनि बढ्ने उनिहरुको भनाइ छ । धेरै सहरहरुमा छुट्टै अटो ल्याण्ड बनाएर अटो मेकानिकल क्षेत्रलाई व्यवस्थापन गरेपनि धनगढीका अटो मेकानिकलहरु व्यवस्थित हुन सकेका छैनन् । धनगढी उपमहानगरपालिकाले स्मार्ट सिटिको परिकल्पना गरेपनि सहरको सौन्दर्य नै बिगार्ने खोका, छाप्रा र अटो मेकानिकलले सहरको बिकासमा बाधा पु¥याइ रहेको छ । बिगतबाट सडक छेउछाउमै अटो मेकानिक्सहरुले सवारी साधन मर्मत गरेर चलाएपनि अब त्यो सम्भव नरहेको बताएका छन् ।

Share.

About Author

Leave A Reply