कैलाली भन्सार कार्यालयको राजश्व संकलन कमजोर

0

महेन्द्रनगर, श्रावण २
कैलाली भन्सार कार्यालयको राजश्व संकलन कमजोर देखिएको छ । गत आर्थिक बर्षमा भन्सार कार्यालयले राजश्व संकलनमा लक्ष्य भेटाउन सकेको छैन । आर्थिक वर्ष २०७४र०७५ मा लक्ष्य भन्दा झण्डै ८ प्रतिशत बढी राजस्व संकलन गरेको कैलाली भन्सार कार्यालयले आर्थिक वर्ष २०७५र०७६ मा लक्ष्य पूरा गर्न नसकेको हो । भन्सार कार्यालयले आर्थिक वर्ष २०७५र०७६ मा ५ अर्ब २२ करोड रुपैयाँ राजश्व उठाउने लक्ष्य राखेकोमा ५ अर्ब १९ करोड रुपैया मात्र राजस्व संकलन गरेको थियो । कैलाली भन्सार कार्यालयका सूचना अधिकारी गोपीकृष्ण उप्रेतले लक्ष्य पूरा गर्न २ करोड ४१ लाख रुपैया राजश्व सकलन गर्न नसकेको बताउनु भयो । कार्यालयले आर्थिक वर्ष ०७४र०७५ मा ३ अर्ब ८७ करोड रुपैयँ संकलनको लक्ष्य राखिएकोमा ४ अर्ब २१ करोड राजश्व संकलन भएको थियो । कैलाली भन्सार कार्यालयबाट सबै भन्दा वढी पेट्रोलियम पदार्थ बिस्कुट,र दालमोट लगाएतका खाद्यान्न आयात भइरहेको भन्सार कार्यालयले जनाएको छ । भन्सार कार्यालयका सूचना अधिकारी उप्रेतीले २०७५र०७६ को आर्थिक वर्षमा पेट्रोलियम पदार्थ आयातमा कुल राजस्व संकलनको ४७ प्रतिशत उठेको जानकारी दिनु भयो । उहाले २०७६र०७७ को आर्थिक वर्षका लागि ६ अर्व ७० करोड लक्ष्य रहेको बताउनु भएको छ ।

Share.

About Author

Leave A Reply