कैलाली र कञ्चनपुर लगायतका जिल्लामा यस वर्ष मनसुन सक्रिय हुन नसक्दा धानबाली प्रभावित

0

महेन्द्रनगर, श्रावण १३
सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर लगायतका जिल्लामा यस वर्ष मनसुन सक्रिय हुन नसक्दा धानबाली प्रभावित भएको छ ।

मनसुन सक्रिय हुन नसक्दा देखिएको सुक्खा मौसमले धानबाली प्रभावित हुन थालेपछि वर्षाको पर्खाइमा आकाशतिर हेर्दै दिन बित्ने गरेको किसानले बताएका छन् ।

भर्खरै रोपाइँ सकिएको खेतमा पर्याप्त पानी नभएर खेतमा चिरा पर्न थालेको किसानहरुले बताएका छन् ।

आधा साउन बितिसक्दा पनि यी जिल्लामा राम्रो वर्षा हुन नसकेकाले धान बाालीमा विभिन्न रोगको समस्या देखिने सम्भावना बढेको छ ।

जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित फिल्ड कार्यालयले यस वर्ष आजसम्म कैलाली र कञ्चनपुरमा मनसुनी वर्षा सक्रिय हुन नसकेको मौसम विज्ञान सहायक सिङ्गल चौधरीले बताउनु भयो ।

पश्चिमी वायुको प्रभावका कारण जिल्लामा मनसुन सक्रिय हुन नसकेको बताइएको छ ।

नेपालमा जुन १० देखि सेप्टेम्बर २३ गतेसम्म मनसुनी वर्षा हुने गर्छ ।

Share.

About Author

Leave A Reply