कैलाली स्थित सेती प्रादेशिक अस्पताल कर्मचारी विहिन

0

महेन्द्रनगर
कर्मचारी समायोजनसँगै स्वास्थ्यतथा जनसंख्या मन्त्रालयले पदस्थापनको काम अगाडि बढाएपछि कैलाली स्थित सेती प्रादेशिक अस्पताल कर्मचारी विहिन जस्तै हुने भएको छ । तत्कालिन सेती अञ्चल अस्पातलको नाम अब सेतीप्रादेशिक अस्पताल भएको छ । अस्पतालको नाम फेरिएपछि यसको सेवा पनि फेरिने सर्वसाधरणहरुको अपेक्षा छ । अञ्चल अस्पतालबाट प्रादेशिक स्तरको अस्पताल भएपछि अझै प्रभाबकारी उपचार, उपकरण र चिकित्सक हुनु पर्ने विरामीले माग गरेका छन् । उनिहरुले प्रादेशिक स्तरको अस्पताल भएपछि सेवालाई प्रभावकारी बनाउन प्रदेश सरकार गम्भिर बन्नु पर्ने माग राखेका छन् । प्रादेशिक अस्पताल भएपछि थप सेवा पाउने अपेक्षा गरिरहेका बेला भएका सेवाहरु पनि प्रभाबित हुने अवस्था आउने भन्दै सर्वसाधरण चिन्तित बनेका छन् । दरबन्दी अनुसार चिकित्सक नभएर समस्या भइरहेको बेला भएका चिकित्सक पनि समायोजनमा केन्द्र जाने भएपछि समस्या आउने देखिएको हो । सेती प्रादेशिक अस्पतालमा २२ जना बिशेषज्ञ चिकित्ससको दरबन्दी भएपनि हाल ११ जना मात्रै कार्यरत छन् । तीमध्ये ३ जना सेती प्रादेशिक अस्पतालमा रहने र बाकि केन्द्रमा जाने भएका छन् । प्रदेशमा बिभिन्न स्वास्थ्य समस्या देखिन थालेपछि संघीय स्वास्थ्य मन्त्रालयले २ महिनाकालागि उनीहरुलाई एथावत नै रहन निर्देशन दिएको छ । त्यस लगत्तै अस्पताल चिकित्सकबिहिन हुने प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्टले बताउनु भयो । सुदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले भने प्रादेशिक अस्पताल भएसगै अव थप सेवा सुविधा बढाएर अस्पताललाई अगाडी बढाउने दाबी गरेको छ । सुबिधा सम्पन्न एम्बुलेस र अक्सिजन प्लान्टको लागि समेत बजेट विनियोजन भइसकेको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयलका निमित सचिव झकरबहादुर विष्टले बताउनु भयो । उहाले अस्पतालमा चिकित्सकबिहिन हुन नदिने समेत दाबी गर्नुभयो । जनशक्ति व्यवस्थापनको लागि प्रदेश सरकारले करारमा कर्मचारी भर्नाको प्रकृया थालनी गरिसकेको उहाको भनाई छ । सुदुरपश्चिम प्रदेशकै रेफरल अस्पतालको रुपमा रहेको सेती प्रादेशिक अस्पतालमा प्रदेशका सबै जिल्लाबाट बिरामी पुग्ने गरेका छन् । तर समय सयमा स्वास्थ्य सेवा प्रभावकारी नभएको भन्दै अस्पतालको आलोचना समेत हुने गरेको छ ।

????????????????????????????????????
Share.

About Author

Leave A Reply