खानेपानी तथा सरसफाई सम्बन्धि आयोजनाहरुको अनुगमन

0

महेन्द्रनगर, फागुन ५
सेवक नेपाल कंचनपुरले विगत २ वर्षदेखि कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिकामा सञ्चालनमा रहेका खानेपानी तथा सरसफाई सम्बन्धि आयोजनाहरुको आज अनुगमन गरेको छ । वेदकोट नगरपालिकाकाको वडा नं.६, ३ र ४ मा सेवक नेपालको आर्थिक सहयोगमा संचालित खानेपानी तथा सरसफाई आयोजनाहरु अन्र्तगत शौचालयहरुको अनुगमन गरेको हो । करीब ६ लाखको लागतमा खानेपानी तथा सरसफाई अन्र्तगत शौचालय निर्माण सम्पन्न भएको छ । सेवक नेपालको आर्थिक सहयोगमा सिद्धनाथ माध्यमिक विद्यालयमा छात्रामैत्री शौचालय निर्माण भएपछि विद्यालयमा अध्यननका लागी आउने छात्रछात्राहरुलाई सजिलो भएको सेवक नेपालका वास सहजकर्ता टेकेन्द्र रावलले बताउनु भयो । यसैगरी सेवक नेपालको आयोजनामा वेदकोट नगरपालिका वडा नम्बर ३ दैजीमा सार्वजनिक शौचालय र ह्याण्डपम्प निर्माण भएपछि सर्वसाधारणलाई पनि सहज भएको वास सहजकर्ता रावलले बताउनु भयो । विगत केही वर्षदेखि कञ्चनपुर जिल्लामा सेवक नेपालले सरसफाई तथा खानेपानीको क्षेत्रमा काम गर्दै आएको छ ।

Share.

About Author

Leave A Reply