गोली प्रहारबाटै सरकारले बिगतझै द्वन्द्व शुरु गरेको आरोप

0

महेन्द्रनगर, असार १८
नेपाली काँग्रेस केन्द्रीय सदस्य डिला संग्रौलाले बिप्लवका कार्यक्रता माथीको गोली प्रहारबाटै सरकारले बिगतझै द्वन्द्व शुरु गरेको आरोप लगाउनु भएको छ । सरकार शान्ती शुरक्षाका बिषयमा गम्भिर हुन छोडेर हत्या हिंसामा आफै अग्रसर भइरहेको उहाले आरोप लगाउनु भएको हो । नेपाल प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य संग्रौलाले सरकारका कामकाजप्रती आक्रोश पोख्नु भयो । बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी संग बार्ताबाट निकास निकाल्न छोडेर पार्टीलाइनै प्रतिबन्ध लगाएर सरकारले आफ्नो निरंकुश साशन शैली देखाएको उहाको भनाई छ । बिगतमा हजारौँ नेपालीको ज्यानजाने गरी भएको सशस्त्रद्वन्द्व पश्चात शान्ति प्रक्रियामा आएर तत्कालिन बिद्रोहीनै सरकारमा भएका बेला सोही पार्टीबाट द्वन्द्वको झझल्को देखिनु देश र जनताका लागी राम्रो नहुने नेतृ संग्रौलाकले बताउनु भयो । सरकार भ्रस्टाचारमा ढुवेकाले आफ्ना गलत कुरा बाहिर नआउन भनेर मिडिया माथी अंकुश लगाउने किसिमले मिडिया बिधेयक ल्याइरहेको संगौ्रलाको भनाई छ । सरकार सही काम भन्दा पनि गलत काममा मात्रै अग्रसर भइरहेकाले यसको बिरोधमा कागं्रेस सधै लागी रहेको उहाले बताउनु भयो । राज्य समिति सदस्य समेत रहेनु भएकी नेतृ संगौ्रलाले कैलाली कञ्चनपुरमा हावा हुरीबाट भएको क्षतीबारे समेत सरकार गम्भिर नभएको बताउनु भयो ।

Share.

About Author

Leave A Reply