गौरवको योजनामा राखेको फाप्ला क्रिकेट मैदानका लागि हालसम्म जग्गासमेत प्राप्त भएन

0

महेन्द्रनगर, श्रावण ४
सुदूर पश्चिम प्रदेश सरकारले राष्ट्रिय गौरवको योजनामा राखेको फाप्ला क्रिकेट मैदानका लागि हालसम्म जग्गासमेत प्राप्त गर्न सकेको छैन ।

फाप्ला क्रिकेट मैदानका लागि जग्गा प्राप्ति नहुदा आर्थिक वर्ष २०७५,७६ मा स्थानीय प्रदेश र केन्द्र सरकारले विनियोजन गरेको १८ करोड बजेट फ्रिज भएको छ ।

सुदूर पश्चिममा क्रिकेटप्रतिको आकर्षण बढेसँगै यस क्षेत्रमा राष्ट्रियस्तरका ठूला प्रतियोगिता समेत हुन थालेपछि क्रिकेट मैदानको आवश्यकता महसुस गर्दै कैलाली जिल्ला खेलकुद विकास समितिले फाप्ला क्रिकेट मैदानमा केही लगानी गरेर निर्माण थालेको थियो । त्यो लगानीले प्रतियोगितासम्म गर्न मिल्ने मैदान तयार भयो ।

तर फाप्ला क्रिकेट मैदानलाई अन्तर्रा्ष्ट्रिय क्रिकेट रगंशाला भएको हेर्न चाहने यस क्षेत्रका नागरिकको आशा पूरा हुने समय भने लम्बिँदै गएको छ ।

तीनै तहका सरकारले बजेट विनियोजन गरे पनि बजेट कार्यान्वयनका लागि जग्गा नै प्राप्त नगर्दा मैदान निर्माणको काम अगाडि बढ्न सकेको छैन ।

सरकारकै कमजोरीका कारण फाप्ला अन्तर्रा्ष्ट्रिय रगंशालाको काम अगाडि बढ्न नसकेको बताउँदै कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक सिंहले आवश्यक काम अगाडि नबढाएर बजेट मात्रै विनियोजन गरेर नपुग्ने बताउनु भयो ।

देशकै सर्वा्धिक धनराशीको धनगढी प्रिमियर लिग आयोजना गर्दै आएको धनगढी क्रिकेट एकेडेमीले ‘ड्रिम फाप्ला अभियान बनाएर पनि फाप्लालाई अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला बनाउने अभियान सञ्चालन गर्दै आएको छ ।

केही महिनाअघि मात्रै सम्पन्न भएको धनगढी प्रिमियर लिगको तेस्रो संस्करण फाप्ला क्रिकेट मैदानमा आयोजना गर्दै तीन वटै सरकारलाई दबाब समेत दिइएको थियो । तर जग्गा प्राप्तिको ढिलाइले विनियोजन गरेको बजेट पनि खर्च हुन सकेको छैन ।

Share.

About Author

Leave A Reply