ग्यालेक्सी जे सिरिज बन्द गर्दै सामसुङ

0

दक्षिण कोरियाली कम्पनी सामसुङले उत्पादन गर्ने ग्यालेक्सी जे सिरिजका स्मार्टफोनहरु एसियाली मुलुकहरुमा निकै मन पराइएका ब्राण्ड हुन् ।

तर हालै आएको एउटा खबरले चाहिँ जे सिरिजका स्मार्टफोन प्रयोगकर्तालाई दुःखी तुल्याउनेछ ।

समाचार अनुसार सामसुङले निकट भविष्यमै आफ्नो ग्यालेक्सी जे सिरिजका स्मार्टफोनको उत्पादन बन्द गर्ने तयारी गरेको छ ।

जे सिरिजलाई फेज आउट गरी ए सिरिजका स्मार्टफोनको विस्तार गर्ने योजना सामसुङको रहेको छ । ए सिरिजका स्मार्टफोनहरु जे सिरिज भन्दा महंगा हुन्छन् । अब जे सिरिजलाई बन्द गरी कम मूल्यका स्मार्टफोनको हकमा पनि ए सिरिजलाई विस्तार गर्ने सामसुङको योजना छ ।

समाचार अनुसार जे सिरिज हटेसँगै कम मूल्यमै ए सिरिजका गुणस्तरीय स्मार्टफोन उपलब्ध हुनेछन् । जसका कारण सामसुङले चिनिया स्मार्टफोनहरुसँग सहज रुपमा प्रतिस्पर्धा गर्न सक्ने बताइएको छ ।

अर्को एक समाचार अनुसार जे सिरिज हटाएसँगै सामसुङले एम सिरिजका स्मार्टफोन लञ्च गर्नेछ । जसले भारतीय तथा चिनियाँ बजारमा आफ्नो मजबुत पकड कायम गर्ने अपेक्षा सामसुङको रहेको छ ।

एम सिरिज मार्फत नाफा बढाउने भन्दापनि बजारमा आफ्नो उपस्थितिलाई बढाउने योजना सामसुङले बनाएको छ । यद्यपि, यस विषयमा सामसुङले आधिकारिक पुष्टि गरेको छैन ।

Share.

About Author

Leave A Reply