चिकित्सकलाई आत्मरक्षाका लागि केन्द्रको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हाजिर हुन आग्रह

0

महेन्द्रनगर, असार १
डडेल्धुरा अस्पतालमा अप्रेशन गरी शिशु जन्माएकी अमरगढी नगरपालिका वडा नम्बर ६ छचोडा गाउका २६ वर्षीया गीता ताम्राकारको गत शुक्रबार ज्यान गएपछि उत्पन्न तनावपछि सरकारी चिकित्सक संघ (गोदान)ले डडेल्धुरामा कार्यरत सबै चिकित्सकलाई संघीय राजधानी काठमाण्डौ बोलाएको छ । संघका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले विज्ञप्ति जारी गर्दै सुरक्षाको ग्यारेन्टी नभएसम्म र दोषीलाई तत्काल हिरासतमा लिएर अनुसन्धान नगरिएसम्म त्यहँ कार्यरत चिकित्सकलाई आत्मरक्षाका लागि केन्द्रको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हाजिर हुन आग्रह गरेका हुन् । साथै, संघले यसबाट सिर्जित सम्पूर्ण परिस्थितीको जिम्मेवार स्थानीय निकाय, प्रशासन र स्वास्थ्य मन्त्रालयको हुने भन्दैं घटनापछि उत्पन्न परिस्थितीमा स्थानीय निकाय र प्रशासनको रबैयामाथि पनि प्रश्न उठाएको छ । ‘चरम मानसिक तनाव र असुरक्षाकाबीच चिकित्सक तथा स्वास्थ्यकर्मीहरु रहनु परेको र यस्तो अवस्थामा स्वास्थ्य सेवा प्रवाह गर्न असम्भव छ ।’ अध्यक्ष पाण्डेद्वारा हस्ताक्षरीत विज्ञप्तिमा उल्लेख छ । चिकित्सक तथा स्वास्थ्यकर्मी उपर दुव्र्यवहार तथा हातपात गर्ने र अराजकता मच्चाउने अपराधीलाई कारबाही गर्नुको सट्टा अस्पताल सञ्चालन गर्न चिकित्सक लगायतलाई दबाब दिनु स्थानीय प्रशासनको चरम निकम्मापन भएको संघको ठहर छ । ‘उच्च साहसका साथ डडेल्धुराजस्तो विकट ठाउमा समेत उपचार सेवा संलग्न चिकित्सकहरुको उच्च मूल्यांकन हुनुपर्ने ठँउमा यस्तो चरम मानसिक यातना दिइनु दुर्भाग्यपूर्ण रहेको र यसको असर कालान्तरसम्म त्यहाका स्थानीयले भोग्नुपर्ने भएकाले त्यहँ कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाको व्यवस्था स्थानीय सरकारको समेत रहेको ध्यानाकर्षण गराउदछौं,’ गोदानको विज्ञप्तिमा भनिएको छ ।

Share.

About Author

Leave A Reply