जनप्रतिनिधि र स्थानियबिच न्यायिक समितिको काम कर्तब्य तथा अधिकार सम्बन्धी एक दिने तालिम आज सम्पन्न

0

महेन्द्रनगर, असार १७
कञ्चनपुरको वेदकोट नगरपालिकाको वडा नम्बर २ र वडा नम्बर ७ का जनप्रतिनिधि र स्थानियबिच न्यायिक समितिको काम कर्तब्य तथा अधिकार सम्बन्धी एक दिने तालिम आज सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि रहनु भएका वेदकोट नगरपालिकाका प्रमुख असोक कुमार चन्दले गाउघरमा भएका सानातिना बिवादलाइ लिएर अदालत नगइकनै न्यायिक समिति मार्फत पनि समाधान गर्न सकिने बताउनु भयो । साथैै गाउघरमा हुने ससाना विवादहरु न्यायिक समिति मार्फत समाधान भइ रहेको समेत बताउनु भयो । वेतकोट नगरपालिकाको आयोजनामा सन्चालन भएको उक्त कार्यक्रममा बेतकोट नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक सुुशिला सिहले न्यायिक समितिले न्यायिक निर्णयबाट निरुपण गर्नु पर्ने विवादहरु र मेलमिलापको माध्यमबाट निरुपण गर्नु पर्ने विवादहरु बारे जानकारि गराउनु भएको थियो ।

Share.

About Author

Leave A Reply