जातिय छुवाछुत तथा जातीय भेदभाव उन्मुलन दिवश अशोक कुमार चन्दको सभापतित्वमा सम्पन्न

0

महेन्द्रनगर, जेठ २१
कञ्चनपुरको वेदकोट नगरपालिले आज मगंबलबार १४ औ जातिय छुवाछुत तथा जातीय भेदभाव उन्मुलन दिवश मनाएको छ । आज कञ्चजपुरको वेदकोट नगरपालिकाको वडा नम्बर ६ सिसैया स्थित कोल्डस्टोरमा कायर्कम सम्पन्न गरेको छ ।

वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश सभाका सदस्य मान बहादुर सुनार रहनु भएको थियो ।

त्यसैगरी विशिष्ट अतिथिहरुमा सुदुरपश्चिम प्रदेश सभाका सदस्य लाल बहादुर खड्का, पुर्ब सांसद नन्दी सिह सार्की, वेदकोट नगरपालिकाका उपप्रमुख शुसीला सिह रहनु भएको थियो ।

कार्यक्रममा बोल्ने अधिकाशं वक्ताहरुले दलित समुदायामाथिको विभेद अझै पनि कायमै रहेकाले त्यसको अन्त्य गर्नका लागि सबैले पहल गर्नुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा सुदुरपश्चिम प्रदेश सभाका सदस्य मान बहादुर सुनारले जातिय विभेदको अन्त्य गर्नका लागि सबैले लाग्नु पर्ने बताउनु भयो ।

दुई जात महिला र पुरुष मात्र हुने बताउदै उहाले दलित भनेर गरीने विभेद अन्त्य हुनु पर्ने बताउनु भयो । साथै उहाले जातभात भन्ने कुरा भगवानले नबनाएको बताउदै अब यो हटेर जाने समेत बताउनु भयो ।
उहाले भन्नु भयो । दलितमाथि हुने विभेद अन्त्य गर्नका लागि गीत गाएर मात्र नहुने बताउदै प्रदेश सभा सदस्य सुनारले त्यसका लागि सबैले लाग्नु पर्ने बताउनु भयो ।

त्यसैगरी कार्यक्रममा बोल्दै सुदुरपश्चिम प्रदेश सभा सदस्य तथा कायक्रमका विशिष्ट अतिथि लाल बहादुर खड्काले राजनीतिक आन्दोलन सम्पन्न भइ सकेको र संविधान अँइ सकेको बताउदै अब आर्थिक समृद्धिका लागि सबैले लाग्नु पर्ने बताउनु भयो ।

मानव अधिकारको ग्यारेण्टी भइ सकेको बताउदै उहाले समाजमा पछाडि परेका समुदायको उत्थानका लागि सरकारले काम गरी रहेको दाबी गर्नु भयो ।

कार्यक्रममा बोल्दै वेदकोट नगरपालिकाका नगर प्रमुख तथा कार्यक्रमका सभापति अशोक चन्दले मुलुकका हरेक परीवर्तनका पछाडि दलित समुदायको महत्वपुर्ण भुमिका रहेको बताउनु भयो ।

अझै पनि दलित समुदाय लगायतका समुदायमाथि विभेद हुने गरेको बताउदै नगर प्रमुख चन्दले अब त्यसका विरुद्ध सबैले लाग्नु पर्ने बताउनु भयो ।

अझै पनि विभेद अत्न्य गर्नका लागि थुप्रै चुनौति रहेको बताउदै उहाले चुनौतिकाविच अनुकुलता खोज्नु पर्ने बताउनु भयो । अब आफ्नै घरबाट समाजबाट परीवर्तनको शुरुवात गर्नु पर्ने कुरामा उहाले जोड दिनु भयो ।

आर्थिक सामाजिक तथा सांस्कृतिक क्षेत्रमा परीवर्तन गर्न जरुरी रहेको र त्यो परीवर्तन सबैले आआफ्नो क्षेत्रबाट शुरु गर्नु पर्ने बताउनु भयो ।
बेदको नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले वेदकोट नगरपालिकालाई कसरी छुवाछुत मुक्त गरिन सकिन्छ भन्नेमा आफु लागि परेको बताउदै पहिलेको भन्दा जातीय विभेद घट्दै गएको बताउनु भयो ।

यस्तो कतै जानेर वा नजानेर बिभेद भएको भए आफुलाई खवर गर्न समेत जानकारी गराउदै जनचेतनाको कमिले यस्ता विभेद गरिने बताउनु भयो । साथै पुख्यौली सीप र कलाको संरक्षण गर्नका लागि सबैले लाग्नु पर्ने नगर प्रमुख चन्दको भनाई छ ।
उहाले भन्नु भयो ।
समृद्ध वेदकोट नगरको आधार, कृषि उद्योग पर्यटन र पुर्वाधार भन्ने नाराका साथ सम्पन्न भएको कार्यक्रममा बोल्ने अधिकाशं वक्ताहरुले वेदकोट नगरपालिकामा रहेका दलित समुदायको समस्या भने दलितहरुको मात्रै समस्या नभएर सम्पुर्ण नगरकै समस्या भएको बताएका थिए ।

झण्डै १५ हजारको संख्यामा वेदकोट नगरपालिमा दलितहरु रहेको र अधिकाशं दलितहरु रोजगारी गर्न भारत जाने गरेकाले स्वदेशमै रोजगारीका अवशरहरु सिर्जना गर्नु पर्ने कुरामा जोड दिइएको थियो ।

वर्तमान सरकारले स्वरोजगारको काम शुरु गरी रहेको बताउदै थप कार्यक्रम ल्याउनुपर्नेमा सरोकारवालाहरुको जोड रहेको थियो । दलित समुदायको अझै पनि राज्य संरचना, न्याय परीषद, लगायतका स्थानमा उपस्थिति नरहेकोले दलितहरुको समस्या समाधान गर्नमा चुनौती रहेको रहेको दलित अगुवाहरुले बताएका छन् ।

कार्यक्रममा बोल्ने अन्य समुदायको भन्दा दलित समुदायका बालबालिकाहरुमा ५० प्रतिशत बढि कुपोषण रहेको समेत उनीहरुको भनाई छ । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधी, वेदकोट नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्ष, दलित अगुवा, स्थानिय तथा सञ्चार कर्मीहरुको समेत सहभागिता रहेको थियो ।

Share.

About Author

Leave A Reply