जिम्बावे प्रशिक्षक स्ट्रिकद्वारा बाेर्ड खारेजका लागि अदालतमा मुद्दा

0

जिम्बावे क्रिकेट टिमका पूर्व प्रशिक्षक हिथ स्ट्रिकले आफुले क्रिकेट बोर्डबाट पाउने तलव नपाएको भन्दो बोर्ड नै खारेज गर्न अदालतमा मुद्दा हारेका छन ।

क्रिकेट सम्बन्धी वेबसाई क्रिकइन्फोले जनाए अनुसार स्ट्रिकले सेप्टेम्बर २० तारिखमा हरारेको उच्च अदालतमा ८ पेज लामो निवेदन सहित कोर्टमा अपिल गरेका छन । उनले विश्वकपमा कमजोर प्रदर्शन पछि बोर्डले आफ्नो सबै प्रशिक्षक स्टाफरलाई बोर्डले बर्खास्त गरेर अनाधिकृत रुपमा आफुलाई पनि हटाउन खोजेको आरोप लगाएका छन ।

उनले बोर्ड गैर जिम्मेबार रुपमा चलिरहेको र खेलाडी र प्रशिक्षकको तलव नदिएको भन्दै बोर्ड नै खारेज गर्न अपिल गरेका हुन । स्ट्रिकले बोर्डबाट मुख्य प्रशिक्षकका रुपमा पाउनुपर्ने एक लाख २८ हजार ७६२ अमेरीकी डलर नपाएको उल्लेख गरेका छन । साथै उनले आफ्नो प्रशिक्षक स्टाफमा ब्याटिङ कोच लान्स कुल्सनेरले ११ हजार ७५७, फिटनेस ट्रेनर सियन बलले ४३ हजार ९९९ र ए टिमको सहायक प्रशिक्षक वायन जेम्सले १४ हजार १७५ अमेरीकी डलर अझै नपाएको बताएका छन ।

यसअघि पनि खेलाडीले बोर्डबाट समयमा तलब नपाएको र प्रशिक्षण सुविधा पनि नपाएको भन्दै कोर्टमा पुगेका थिए । कोर्टको निर्णयपछि बोर्डले खेलाडीलाई सबै उपलब्ध गराएको थियो । स्ट्रिकले पनि यसपटक तिनै वकिललाई समातेका छन जसले खेलाडीको केस लडेका थिए । अब स्ट्रिक यो कदमले जिम्बावे क्रिकेट बोर्ड झन समस्यामा पर्ने अनुमान लगाइएको छ ।

Share.

About Author

Leave A Reply