डडेल्धुरामा छुट हलियाहरुको अवस्था अध्ययन गर्न नेपाल सरकारबाट समिति गठन गर्नु पर्ने माग

0

महेन्द्रनगर, असार ३०
डडेल्धुरामा छुट हलियाहरुको अवस्था अध्ययन गर्न नेपाल सरकारबाट समिति गठन गर्नु पर्ने माग हलियाहरुले गरेका छन् । छुट मुक्त हलियाहरुको अवस्था अध्ययन गरि वास्तविकता सार्वजनिक गर्नुपर्ने, अध्ययन समितिको प्रतिवेदनका आधारमा स्थानीय तहको नेतृत्वमा छुट मुक्त हलियाको लगत संकलन गर्न नेपाल सरकारबाट सो प्रक्रिया अघि बढाउन स्थानीय सरकारलाई लिखित सर्कुलर जारी गर्नुपर्ने माग हलियाहरुको छ । यस्तै नेपाल सरकारबाट लिएको लगत अनुसार पुर्नस्थापन हुन बाँकी हलिया परिवारको यथाशीघ्र पुर्नस्थापना कार्य सम्पन्न गर्ने प्रक्रियालाई संघीय सरकारबाट स्थानीय सरकारलाई आवश्यक अभिमुखिकरण गराई छिटोछरितो कार्य सम्पन्न गर्न पहल पर्नुपर्ने, संघिय सरकारले लगतमा नाम भएका हलिया परिवारलाई लगत कट्टा गर्न लागेको सन्दर्भमा हाल सम्पर्कमा आएका मुक्त हलियाहरुलाई एकपटकका लागि समय उपलब्ध गराइ स्थानीय तहमार्फत परिचय पत्र वितरण गरि पुर्नस्थापना प्रक्रिया अघि बढाउनका लागि नीतिगत निर्णयसहित लिखित रुपमा जानकारी गराउनुपर्ने माग समेत मुक्त हलियााहरुको रहेको छ । । लामो समयदेखि छलफलका क्रममा रहेको एकिकृत बधुवा श्रम निःषेध गर्न बनेको मस्यौदालाई पारित गराउन प्रक्रिया अघि बढाउन सरकारसँग माग गरेको जिल्ला हलिया मुक्ति समाज डडेल्धुराका अध्यक्ष तुलाराम सार्कीले बताउनु भयो । सरकारले ६ बुँदे माग सम्बोधन नगरे आन्दोलन गर्ने समेत ‘ जिल्ला हलिया मुक्ति समाज डडेल्धुराका अध्यक्ष सार्कीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

Share.

About Author

Leave A Reply