डडेल्धुरा अस्पतालमा बिरामीको चाप बढ्दै

0

महेन्द्रनगर, असार २५
सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्लाको विशेषज्ञ उपचार सेवासहितको डडेल्धुरा अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ। सुत्केरी भएको १५ दिनपछि एक महिलाको मृत्यु भएपछि केही दिनअघि तनावमा रहेको अस्पतालमा आजभोलि फेरि बिरामीको चाप बढेको अस्पतालले जानकारी दिएको छ। खानेपानीको मुहानमा अकाशको पानीसमेत मिसिने र मौसम परिवर्तनका कारण भाइरल ज्वरो र झाडापखालका बिरामीको चाप बढेको हो। अस्पतालमा अहिले दैनिक २ सयभन्दा बढी बिरामी आउने गरेको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट जितेन्द्र कँडेलले बताउनु भयो । ५० शय्याको उक्त अस्पतालमा सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्ला डडेल्धुरा, बैतडी, डोटी, दार्चुला, बझाङ, अछाम र बाजुराका बिरामी उपचार गराउन आउने गरेको उहाले बताउनु भयो । ‘अस्पतालको ओपिडीमा १ सय ५० देखि २ सयसम्म र १५ देखि ३० जनासम्म इमेरजन्सीमा भर्ना हुने गरेको मेडिकल सुपरिटेन्डेन्ट कँडेलले बताउनु भयो । अस्पतालमा भाइरल ज्वरो, झाडापखलाका बिमारी बढी भर्ना हुन थालेको उहाले बताउनु भयो । उपचार सेवा प्रदेशकै अब्बल भएपनि अस्पालको भवन सुविधा सम्पन्न नभएका कारण समस्या रहेको उहाले बताउनु भयो । यसका साथे ’दैनिक रूपमा बिरामी बढ्दै गएपछि उपचार गर्न आवश्यक जनशक्ति नहुँदा समस्या भएको उहाले बताउनु भयो ।

Share.

About Author

Leave A Reply