डेंगुको संक्रमण बढ्दै गएपछी ९ ओटै जिल्लामा अभियान चलाइने

0

महेन्द्रनगर
डेंगुको संक्रमण बढ्दै गएपछी सुदूरपश्चिमप्रदेस सरकारले नियन्त्रणको अभियान थालेको छ । आज कैलालीको धनगढीमा डेंगुरोग व्यवस्थापन सम्वन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै समाजिक बिकास मन्त्रालयले प्रदेशमा ९ ओटै जिल्लामा अभियान चलाइने जनाएको छ । हालसम्म प्रदेशमा डेंगुरोगबाट एक जनाको ज्यान गएको छ भने २८ जनामा संक्रमण देखिएको छ । यसको नियन्त्रणकोलागी हालसम्म चासो नदिएको सुदूरपश्चिम प्रदेश सरकाले अव भने प्रयास थालेको छ । प्रदेशका ९ ओटै जिल्लामा अभियान चलाइने मन्त्रालयले जनाएको छ । यसको नियन्त्रणका लागी बृहत सरसफाई कार्यक्रम, जनचेतना बिस्तार,र उपचारमा सहज पहुँचकालागी बजेटको व्यवस्था गरिएको प्रदेश स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्किले बताउनु भयो । हाल सम्म २८ जनामा संक्रमण देखिएकोमा कैलालीमा मात्रै सबैभन्दा बढी १५ जनामा रोगको संक्रमण देखिएको छ । कैलाली, कञ्चनपुर, दार्चुला, अछाम र डोटी गरी हाल सम्म ५ जिल्लामा मात्रै डेंगुका बिरामीहरु भेटिएका छन् । रोगको जोखिम नरहेका स्थानमा पनि जनचेतना फैलाईने स्वास्थ्य महाशाखा प्रमुख कार्किले बताउनुभयो । जलवायु परिवर्तन र जनचेतना अभावका कारण डेंगुको संक्रमण बढेको मन्त्रालयले जनाएको छ । महामारीका रुपमा फैलीन थालेको डेंगुको नियन्त्रणका लागी मन्त्रालयबाट सक्दो प्रयास भइरहेको समाजिक बिकास मन्त्री कृष्णराज सुवेदीले बताउनु भयो । उहाँले यो रोगबाट बँच्नकालागि बिशेष सजगता अपनाउन आग्रह गर्नुभयो । सुदूरपश्चिममा डेंगुको संक्रमण दिनदिनै बढिरहेको छ । यहाँका हरेक अस्पतालमा डेंगु संक्रमित बिरामी छन् । डेंगुको संक्रमण भएका व्यक्तीहरुलाई कडा खालको जरोआउने,हड्डी दुख्ने,टाउको दुख्ने लगायतका लक्षण देखिने गरेको सेतीप्रादेशिक अस्पतालमा कार्यरत डाक्टर शेरबहादुर कमरले बताउँनुभयो ।

Share.

About Author

Leave A Reply