डेगुं रोगको नियन्त्रण गर्न वेदकोट नगरपालिकामा विभिन्न कार्यक्रम

0

महेन्द्रनगर
कञ्चनपुरको वेदकोट नगरपालिकाले देशैभरी फैलिइ रहेको डेगुं रोगको नियन्त्रण गर्नका लागि नगरपालिका अन्र्तगतको स्वास्थ्य शाखाले विभिन्न कार्यक्रमहरु गरी रहेको जनाएको छ । लामुखुट्ेको टोकाइबाट सर्ने डेंगु रोग वेदकोट नगरपालिका क्षेत्रमा फैलिन सक्ने सम्भावनाको उक्त समस्यालाई मध्यनगर गरी स्वास्थ्य शाखाले सरोकारवालाहरुसंग समन्वय लगायतका कामहरु गरी रहेको स्वास्थ्य शाखाका संयोजक हरीषा पालले जानकारी दिनु भयो । जसअन्र्तगत द्रुत प्रतिगामी विपद व्यवस्थापन समुह आरआरटीको बैठकले वेदकोट नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृतहरुसंग छलफल गरेको छ । साथै सो समुहका सदस्यहरु मार्फत वेदकोट नगरपालिका अन्र्तगतका सम्पुर्ण सरकारी तथा निजी विद्यालयहरुमा डेगुं रोग सम्बन्धि जनचेतना कार्यक्रम आजदेखि नै शुरु भएको स्वास्थ्य शाखाका संयोजक पालले जानकारी दिनु भयो । त्यस्तै भोली भदौ २७ गते लामखुट्टको वासस्थान खोजी लार्भा नष्ट गर्ने अभियानका लागि सरोकारवालासंग एक दिने अभिमुखीकरण कार्यक्रम गरीने नगरपालिकाले जनाएको छ । वेदकोट नगरपालिका भित्र रहेको सम्पुर्ण वडा कार्यालष्य संघसंस्था विद्यालय स्वास्थ्य संस्था तथा सरोकारवालालाई रोग नियन्त्रण तथा रोकथामका लागि आवश्यक उपायहरु अपनाउन पत्राचार समेत गरीएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले सन्देशमुलक पप्लेटहरु छपाई यही भदौ २८ गते देखि महिला स्वास्थ्य स्वयमसेविका मार्फत लामखुट्टेको वासस्थान जोली लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरीने कार्यक्रम समेत तय गरीएको जानकारी दिएको छ । साथै नगरवासीहरुले पनि डेगुं रोग लाग्नबाट सचेत बच्नु पर्ने तथा विशेष सावधानी अपनाउनु पर्ने सुझाव दिइएको छ ।

Share.

About Author

Leave A Reply