दार्चुलामा अवरुद्ध रुहेको सञ्चार सेवा सुचारु

0

महेन्द्रनगर, फागुन ५
दार्चुलामा अवरुद्ध रुहेको सञ्चार सेवा सुचारु भएको छ । घाम नलागेका कारण शुक्रबारदेखि अवरुद्ध भएको सञ्चार सेवा आजदेखि सुचारु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले शुक्लाफाटा एफ्.एमलाई जानकारी दिएको छ । दुई साता अघि हिमपातका कारण बन्द हुन पुगेको सञ्चार सेवा शुक्रवारदेखि अवरुद्ध भएको थियो । सोलार प्रणलीबाट सञ्चालन भइ रहेका सञ्चार गृहहरु घाम नलाग्दा बन्द भएका थिए । तर आजबाट घाम लागेपछि सञ्चार सेवा शुचारु भएको हो । यसअघि घाम नलागेका कारण शुक्रवारदेखि टेलिफोन सेवा लगायतका सबै किसिमका सेवाहरु बन्द भएका थिए । घाम नलागेर सञ्चार सेवा अवरुद्ध हुदा समस्यामा परेका त्यहाका स्थानियहरुले आज घाम लागेर सञ्चार सेवा सुचारु भए पछि सहज भएको बताएका छन् । अझैपनि दार्चुलाका केही स्थानहरुमा विद्युत सेवा नपुग्दा सोलारकै भरमा सञ्चार गृहहरु सञ्चालनमा रहेका छन् ।

Share.

About Author

Leave A Reply