दिगो लक्ष्य प्राप्त गर्ने गरी प्रदेश सरकार अगाडी बढिरहेको राज्यमन्त्री रावलको भनाई

0

महेन्द्रनगर
सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण राज्य मन्त्रि प्रकाश रावलले दिगो लक्ष्य प्राप्त गर्ने गरी प्रदेश सरकार अगाडी बढिरहेको बताउनु भएको छ । राष्ट्रिय वातावरण तथा सम विकास समाज निड्स नेपालको २० औ वार्षिक साधारण सभा तथा सातौ अधिवेशनमा प्रमुख अतिथिको आशनबाट बोल्दै राज्यमन्त्री रावलले सो कुरा बताउनु भएको हो । साथै उहाले सरकार वितरणमुखी भन्दा पनि उत्पादनमुखी काममा जोड दिइ रहेको बताउनु भयो । २० औ वार्षिक साधारण सभा तथा सातौ अधिवेशनका सभापति निड्स नेपाल कञ्चनपुरका अध्यक्ष अञ्जु जोशी भट्ट रहनु भएको थियो भने विशिष्ट अतिथि सुदुरपश्चिम प्रदेश सभा सदस्य लाल बहादुर खड्का, कुलवीर चौधरी, महेशदत्त जोशी रहेका थिए । कार्यक्रममा कञ्चनपुरको बेल्डाडी गाउपालिकाका अध्यक्ष धन बहादुर थापा, कृष्णपुर नगरपालिकाका प्रमुख कर्णबहादुर हमाल, भीमदत्त नगरपालिकाका उपप्रमुख सुशीला चन्द, महाकाली नगरपालिकाका उपप्रमुख चिनी गिरी, पत्रकार महासंघ नेपाल, कञ्चनपुरका अध्यक्ष विष्णुदत्त अवस्थी, जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङ, नापी कार्यालय, होटल व्यवसायी संघ कञ्चनपुरका प्रतिनिधी, महिला मानव अधिकारकर्मी, मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष सीबी लुहार, कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रतिनिधी, माइती नेपाल कञ्चनपुरका ईश्वरी भट्ट लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमका विशिष्ट अतिथि तथा सुदुरपश्चिम प्रदेश सभा सदस्य महेशदत्त जोशीले संविधानको कार्यान्वयन भएनभएको हर्ने जिम्मेवारी नागरीक समाजको पनि हुने बताउनु भयो । …..२० औ वार्षिक साधारण सभा तथा सातौ अधिवेशनमा निड्स नेपालको वार्षिक प्रगति प्रतिवेदन २०१९ निड्स नेपाल कञ्चनपुरका सचिव लोकेन्द्र जोशीले प्रस्तुत गर्नु भएको थियो । प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सचिव जोशीले संस्थाको संगठनात्मक गतिविधि, आर्थिक वर्ष २०७४)७५ को सांगठनिक तथा कार्य प्रगति प्रतिवेदन, आर्थिक वर्ष २०७५)७६ को वार्षिक सेवा प्रवाह, स्थानिय तहसंगको सहकार्य लगायतका बारेमा जानकारी गराउनु भएको थियो । संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति अञ्जु जोशी भट्टले पारदर्शी रुपले आफुहरु अगाडि बढेको बताउनु हुदै आगामी दिनमा संस्थाको हितमा काम गर्ने व्यक्ति चयन हुनुपर्ने बताउनु भयो । साथै उहाले सांगठनिक प्रतिवेदन र आर्थिक वर्ष २०७६)७७ को नीति तथा कार्यक्रम समेत प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा सहभागीहरुलाई निड्स नेपाल कञ्चनपुरका कार्यकारी निर्दशक भवराज रेग्मीले स्वागत गर्नु भएको थियो । साथै कार्यक्रममा ४ जना संस्थाकै कर्मचारीहरुलाई सम्मान समेत गरीएको थियो । सम्मानित हुनेमा उत्कृष्ट स्वयमसेवक गोपाल कुवर, उत्कृष्ट सामाजिक परीचालक सुनिल कुमार सेटी, उत्कृष्ट दस्तावेजीकरण केशव मलासी र उत्कृष्ट वर्ष कर्मचारी अनिता डगौरा रहेका छन् । सोही संस्थाका आर्थिक रुपमा अशक्त व्यक्ति प्रेम बहादुर थापालाई रु.७ हजार ५ सय संस्थाले र रु.२ हजार ५ सय संस्थाकै व्यक्तिले सहयोग गरेका छन् । साथै अञ्जु जोशी भट्टकै अध्यक्षतामा नया कार्य समितिको चयन समेत भएको छ । नया कार्यसमितिमा उपाध्यक्ष लोकेन्द्र प्रसाद जोशी, सचिव वीर बहादुर सिह, कोषाध्यक्ष रविन्द्र प्रसाद देवकोटा, सहसचिवमा दुर्गा खरेल तथा सदस्यहरुमा बुद्धिराम चौधरी, कर्ण सुनार, दुर्गा मल्ल, ज्योति रसाइली चयन भएका छन् ।

Share.

About Author

Leave A Reply