दीर्घकालीन महत्वका योजनाहरु कार्यान्वयनमा जान नसकेको प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले आरोप

0

महेन्द्रनगर, जेठ २१
सुदूरपश्चिम प्रदेश सरकारले चालु बजेटमा समावेश गरेका महत्वाकांक्षी योजना तथा कार्यक्रमहरु आर्थिक वर्षको अन्त्य तिर सम्म कार्यान्वयनमा जान सकेका छैनन् । बजेटमा समावेश सरकारका महत्वाकांक्षी अधिकांश योजना यसै वर्ष कार्यान्वयन नहुने देखिएको छ । प्रदेश सरकारले प्रदेश बस सेवा संचालन, सुपथ मूल्य पसल संचालन, औद्योगिकग्राम स्थापना, किसान कल सेन्टर, जडिबुटी प्रशोधन केन्द्र, प्रदेश खाद्य संस्थान स्थापना, प्रदेश निर्वाचन क्षेत्रमा खेल मैदान स्थापना लगायतका योजनाहरु कार्यान्वयनमा लैजान सकेको छैन । डोटी, डडेल्धुरा, बैतडी, अछाम र बाजुरा जिल्लामा १÷१ वटा औद्योगिकग्राम स्थापना गर्ने कार्यक्रम कार्यान्वयनको प्रकृया नै शुरु भएको छैन । जडिबुटी उत्पादनमा धनी सुदूरपश्चिममा सार्वजनिक निजि साझेदारीमा जडिबुटी प्रशोधन केन्द्र स्थापनागर्ने कार्यक्रम पनि अलपत्र छ । प्रशोधन केन्द्र स्थापनामा १० करोड र औद्योगिकग्रामका लागि डेढ करोड बजेट विनियोजना गरिएको थियो । तर, यी दुवै कार्यक्रम यस वर्ष कार्यान्वय हुने संभावना देखिदैन । प्रशोधन केन्द्र नहुँदा यस क्षेत्रमा उत्पादित जडिबुटी कच्चा पदार्थको रुपमा न्यून मूल्यमा निकासा गर्नुपर्ने बाध्यता छ । प्रदेशमा महत्वपुर्ण योजनाका रुपमा रकम छुटिएको प्राविधिक शिक्षा, अस्पताल र वन पैदावरका विषयमा समेत कामहुन नसेको सत्तापक्षका प्रदेश सांसद महेसदत्त जोशीले बताउनु भयो । स्वरोजगार बढाउन नागरिकता र शैक्षिक प्रमाणपत्र धितो राखी न्यूनब्याजमा ऋण प्रवाह गर्न प्रदेशमा स्वरोजगार विकास कोष स्थापना गर्ने महत्वाकांक्षी योजना सरकारले बजेटमा समावेश गरेको थियो त्यो समेत अगाडी बढेको छैन् । कार्यकर्ता पोस्न ल्याइएका वितरणमुखी योजना बाहेक दीर्घकालीन महत्वका योजनाहरु कार्यान्वयनमा जान नसकेको प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले आरोप लगाउनु भयो ।

Share.

About Author

Leave A Reply