धनगढीमा सुदुरपश्चिम प्रदेशको सर्वाधिक धनराशीको फुटसल प्रतियोगिता हुने

0

महेन्द्रनगर, भाद्र ३
धनगढीमा सुदुरपश्चिम प्रदेशको सर्वाधिक धनराशीको फुटसल प्रतियोगिता हुने भएको छ । फ्ल्याटल्याण्ड फुटसल रिक्रिएसनको आयोजना र नेपाल खेलकुदपत्रकार मञ्च कैलालीको सह आयोजनामा नेपाल आईस धनगढी फुटसल लिग हुने भएको हो । आज धनगढीमा पत्रकार सम्मेलनगर्दै झण्डै ८० हजार नगद धनराशी रहेको प्रतियोगिताको बारेमा जानकारी दिईएको छ । सुदुरपश्चिम प्रदेशवासीहरुको महानपर्व गौराको अवसरमा धनगढी फुटसल लिगको अवधारणा अनुसार पहिलो श्रृंखला अन्तर्गत वैक तथा वित्तिय संस्थाहरुको टीम बीच धनगढी फुटसल लिग प्रतियोगिता हुन लागेको आयोजक फ्ल्याटल्याण्ड फुटसल रिक्रिएसनका अध्यक्ष आशिष शाहले जानकारी दिनु भयो । धनगढीलाई खेलकुदको शहरको रुपमा अघि सार्ने अवधारणा भईरहँदा यस क्षेत्रमा भित्रिएको नयाँ खेल फुटसलको माध्यमले आफूहरु पनि अग्रसर भईरहेको अध्यक्ष शाहले बताउनु भयों । धनगढी स्थित वैंक तथा वित्तिय संस्थाहरुको टीमले सहभागीता जनाउने धनगढी फुटसल लिग गौरा पर्वको दिन भदौ ६ गतेदेखि सुरु हुने छ ।सार्वजनिक विदाका दिनहरुमा खेलाईने यो लिगको विजेताले नगद ५० हजार सहित ट्रफी मेडल र प्रमाण पत्र पाउनेछ । उपविजेताले नगद २५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्रपाउनेछ । त्यसैगरी विभिन्न विधाका उत्कृष्टहरुले पनि नगद पुरस्कार सहित ट्रफी मेडल र प्रमाण पत्र पाउनेछन् । वैंकर्स क्लब धनगढीको समन्वयमा हुने प्रतियोगिताको प्रवद्र्धकमा धनगढी उपमहानगरपालिका रहेको छ । प्रतियोगितालाई सिजीबु्रधरी नेपालको उत्पादन नेपाल आईसले मुख्यप्रायोजना गरेको छ ।

Share.

About Author

Leave A Reply