धनगढी उप–महानगरपालिकाको जलबायू परिवर्तन बिपद उत्थानशिल योजना तयार

0

महेन्द्रनगर, बैशाख ३१
कैलालीको धनगढी उप–महानगरपालिकाले नगरको जलबायू परिवर्तन बिपद उत्थानशिल योजना तयार गरिएको छ । प्राविधीक सहयोगि संस्था सृर्जनशिल समाजको सृजना धनगढीले मंगलबार धनगढी उप–महानगरपालिकालाई जलबायू परिवर्तन बिपद उत्थानशिल योजना तयार पारेर बुझाएको थियो । तयारी योजनालाई मंलबार नै उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले वडा अध्यक्षहरुलाई हस्तान्तरण गर्नु भएको छ । नगरप्रमुख वडले योजना अनुसार काम गर्न वडा अध्यक्षहरुलाई निर्देशन दिनु भयो । निकै मेहनतका साथ योजना तयार गरिएको बताउदै नगरप्रमुख वडले यसलाई मात्रै कार्यान्वयनमा ल्याउन सकेमा बिपदबाट बच्न र बचाउन सकिने बताउनु भयो । पूर्वि तराईमा आँधीले ठूलो क्षति पु¥याई सकेकोले मनसुनको लक्षण राम्रो नभएको बताउदै नगरप्रमुख वडले पूर्व तयारीमा जोड दिन निर्देशन दिनु भयो । समयमै तयारी अवस्थामा रहे बिपदबाट हुन सक्ने क्षेतिलाई न्यूनिकरण गर्न सकिने उहाको भनाई छ । अनुकुलन एक्स परियोजनाका कार्यक्रम संयोजक रोहित बिकले बिपदको जोखिम न्यूनिकरणका लागि योजना आवश्यक भएको बताउनु भयो । उहाले जलबायू परिवर्तन बिपद उत्थानशिल योजना तयारी गर्ने अवसर संस्थालाई दिनु भएकोमा आभार समेत प्रकट गर्नु भयो ।

Share.

About Author

Leave A Reply