धनगढी बिमानस्थललाई चौविसै घण्टा सञ्चालनहुनेगरी आधुनिकीकरण गरिने

0

महेन्द्रनगर, भाद्र २८
संस्कृति, पर्यटन तथानागरिक उड्डयनमन्त्री योगेश भट्टराईले धनगढी बिमानस्थललाई चौविसै घण्टा सञ्चालनहुनेगरी आधुनिकीकरण गरिने बताउनु भएको छ । कैलाली उद्योग वाणिज्य संघले आज शनिबार धनगढीमा आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले बिमानस्थलको स्तरोन्नति गर्न सरकारले यसै आर्थिक बर्षमा काम गर्ने गरी बजेट छुट्ट्याइएको बताउनु भयो । उहाले धनगढी बिमानस्थललाई चौविसै घण्टा सञ्चालन हुने गरी आधुनिकीकरण गर्न यसै वर्ष जग्गा अधिग्रहण गरिने बताउनुभयो । कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले प्रत्येक प्रदेशका राजधानीमा रहेका बिमानस्थलहरुलाई आधुनिकिकरण गर्ने योजना सरकारले अगाडि सारेको बताउनु भयो । उहाले प्रदेशमा राजधानी भएका बिमानस्थललाई बिशेष महत्व दिएर सरकारले काम गरिरहेको दावी गर्नुभयो । मन्त्री भट्टराईले पर्यटन प्रवद्र्धनको जिम्मेवारी संघीय सरकार जस्तै प्रदेश सरकार र स्थानीय तहको पनि रहेको धारणा राख्नुभयो । सुदूरपश्चिम प्रदेशको पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्नुका साथै पर्यटन पूर्वाधार निर्माण गर्नकालागि समेत संघीय सरकारले योजना ल्याएको उहाले बताउनु भयो । सुदूरपश्चिम प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले मन्दिरमा मात्रै ठूलो बजेट खर्च गरेकोमा आपत्ती जनाउदै मन्त्री भट्टराईले प्रदेश सरकारले मन्दिरमा बजेट खर्च नगरेर पर्यटनको प्रवद्र्धनकालागि पर्यटकीय क्षेत्रमा स्थानीय खानपान संस्कृतिको संरक्षण, पूर्वाधार विकासमा लगानी र अन्य आवश्यक संरचना बनाउने तर्फ ध्यानदिन सुझाव दिनुभयो । सो अवसरमा कैलाली उद्योग वाणिज्य संघ र नेपाल एसोसियशन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाटा)ले सुदूरपश्चिम प्रदेशको पर्यटन प्रबद्र्धनकालागि विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाएको थियो ।

धनगढी बिमानस्थल
Share.

About Author

Leave A Reply