धनगढी विस्फोटमा गम्भीर घाइते १ जनाको मृत्यु

0

धनगढी उपमहानगरपालिका–४, शहीद गेटस्थित नीलम होटलमा बिहीबार भएको बम विस्फोटमा घाइते ५ मध्ये १ जनाको मृत्यु भएको छ ।

विस्फोटमा परी गम्भीर घाइते राम सिंहको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा गएराति ११ः१५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कैलालीले पुष्टि गरेको छ ।

प्रहरीका अनुसार, आफैंले बोकेको बम विस्फोट हुँदा सिंहकाे कम्मर पछाडिको भागमा गम्भीर चोट लागेको थियो ।
यो पनि पढ्नुहोसविप्लव समूहले विष्फोटक पदार्थ ओसार्दा अर्को ‘दुर्घटना’ घाइते भएसँगै माया मेट्रो अस्पताल पुर्‍याइएका सिंहलाई चिकित्सकले तत्काल बाहिर लैजान सिफारिस गरेका थिए । तर, थप उपचारका लागि बाहिर लैजाने प्रयास हुँदाहुँदै समय अभावमा उनको ज्यान गएको प्रहरीले जनाएको छ ।

उनको शव अहिले पोस्टमार्टमका लागि सेती अञ्चल अस्पतालमा राखिएको छ ।

सिंह बझाङका स्थायी बासिन्दा हुन् । उनी विप्लव समूहको कार्यकर्ता भएको प्रहरी भनाइ छ ।

बम विष्फोटमा कञ्चनपुरको बेलौरी–५ का लक्ष्मण सेरला, मोबिन खान, जितेन्द्र यादव र धनगढी–४, बोराडाडीका केशवराज  पाण्डे घाइते भएका छन् । उनीहरू सबैको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

कैलालीको धनगढीमा बम विस्फोट हुँदा पाँच जना गम्भीर घाइते भएका छन् ।

धनगढीको शहीद गेट नजिकै रहेको निलम होटलमा बिहीबार साँझ बम विस्फोट हुँदा पाँच जना गम्भीर घाइते भएको वडा प्रहरी कार्यालय धनगढीका प्रहरी निरीक्षक पुष्कर पन्तले बताउनुभयो ।

बम विस्फोटमा परि होटेलका सञ्चालक केशवराज पाण्डेयसहित बझाङका राम सिंह, कञ्चनपुर बेल्डाँडीका लक्ष्मण सेरेला, धनगढीका जितेन्द्र यादव र ठेगाना नखुलेका मोबिन खान घाइते भएका छन् ।

घाइतेहरुको चटकपुरमै रहेको माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक पन्तले जानकारी दिनुभयो ।

होटेलमा पेस्तोल भेटियो

विस्फोट भएको होटेलमा एक थान पेस्तोल र झोलासमेत फेला परेको छ । झोला र पेस्तो भेटिएकोले घटना शंकास्पद रहेको जिल्लाप्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताउनुभयो ।

घटनास्थलमा व्यापक प्रहरी परिचालन गरिएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । यसअघि ग्यास सिलिण्डर विस्फोट भएको भनिए पनि त्यो नभएर ठूलै बम विस्फोट भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

Share.

About Author

Leave A Reply