नयां कर नीतिका बिरुद्ध कैलालीका व्यवसायीहरु बिरोधमा

0

महेन्द्रनगर, श्रावण ५
नेपाल सरकारको नयां कर नीतिका बिरुद्ध कैलालीका व्यवसायीहरु बिरोधमा उत्रिएका छन् । कैलाली उद्योग वाणिज्य संघको अगुवाईमा व्यवसायीहरुले धनगढीमा बिरोध ¥याली समेत निकालिएको छ । आज आईतबार कैलाली उद्योग वाणिज्य संघको कार्यालयबाट निस्किएको व्यवसायीहरुको बिरोध ¥याली ट्राफिक चौकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय सदस्य गोपाल हमालले युरोपीयन देशमा लागु भएको कर प्रणाली सरकारले ल्याएको बताउनु भयो । हमालले सरकार ल्याएको नया कर नीतिले व्यवसायीलाई मात्र नभई जनतालाई ठुलो समस्या पर्ने बताउनु भयो । उहाले जनताले तिरेको करको सदुपयोग नहुँदा झनै नैराश्यता बढेको बताउनु भयो । सरकारले कर बढाउँदै लैजाने तर प्रत्येक बर्ष ठुलो बजेट फ्रिज जाने समस्या रहेको बताउँदै हमालले खर्च नै गर्न नसक्ने भए नया–नयँ कर नीति के–का लागि भन्दै प्रश्न समते गर्नु भयो । कोणसभालाई सम्बोधन गर्दै कैलाली उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले सरकारले ल्याएको नयँ कर नीतिका बारेमा व्यावसायी अनभिज्ञ रहेको बताउनु भयो । गोदावरी चेम्बर अफ कमर्सका अध्यक्ष बिनोद मल्लले व्यवसायीहरुलाई दुःख दिने नियतले सरकारले लागु गरेको कर प्रणाली खारेजीको माग गर्नु भयो । होलसेल व्यवसायी संघ धनगढीका अध्यक्ष तिलक खतिवडाले सरकारले ल्याएको नयाँ ऐनहरुबाट व्यवसायीहरु व्यवसाय गर्न सक्ने अवस्थामा नरहने बताउनु भयो । व्यवसायीहरुले सरकारले आर्थिक वर्ष २०७६र०७७ मा लागु गर्न ल्याएको भेहिकल एण्ड कन्साईमेण्ट ट्रयाकिङ सिस्टम (भीसीटीएस) लगायत प्राबधानहरु खारेज गर्नुपर्ने अडान राख्दै आएका छन् । सरकारको नयाँ नीतिको विरोधमा व्यवसायीहरु बिरोधमा छन् भने देश भरिको ढुवानी पनि ठप्प रहेको छ ।

Share.

About Author

Leave A Reply