निःशुल्क मिटर वितरण गर्ने

0

महेन्द्रनगर, असार २८
कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा नेपाल विद्युत प्राधिकरण बेलौरी वितरण केन्द्रले फ्यूज सेवा स्थापना गर्न लागेको जनाएको छ । बेलौरी वितरण केन्द्रका प्रमुख शुनिल कुमार शाहले बेलौरी सेवा केन्द्रमा कर्मचारी कम भएको भन्दै केहि दिनमै बेलडाँडीमा फ्यूज सेवा स्थापना गरी बेलडाँडीबाट सेवा दिने बताउनु भयो । उहाँका अनुसार अहिले कर्मचारीको अभाव भएको र केहि दिनमै कर्मचारी पुग्ने भएको बताउदै तुरुन्तै बेलडाँडीमा फ्यूज सेवा स्थापना गरीने छ । बेलौरी वितरण केन्द्र अन्र्तगतका सबै समस्या समाधान गरेर छोड्ने उहाले बताउनु भयो । पहिले ७ एमबीको ट्रान्सफर्मरले यस क्षेत्रमा काम गरिरहेको भएपनि अहिले ७ एमबीको ठाउँमा २४ एम बि को ट्रान्समिटर राख्ने तयारी भएको समेत उहाले जानकारी दिनु भयो । बेलौरी वितरण केन्द्र अन्तरगत गत महिनाको २३ गतेको हावाहुरीले १५० वटा विद्युत पोलमा २५ लाख बराबरको क्षति पुगेको समेत उहाले बताउनु भयो । बेलौरी वितरण केन्द्रले केहि दिनमै अति विपन्न तथा संस्कृत सम्पदा, मन्दिर, चर्च, गुठी, मस्जित, आदीलाई निःशुल्क मिटर वितरण गर्ने समेत जनाइएको छ ।

Share.

About Author

Leave A Reply