निर्मला पन्त बलात्कार र हत्या भएको ६० दिन अर्थात दुई महिना पुगे पनि घटनाका दोषी अझै ओझेलमा

0

महेन्द्रनगर, असोज ०८
आज निर्मला पन्त बलात्कार र हत्या भएको ६० दिन अर्थात दुई महिना पुगेको छ ।

घटनाका दोषी अझै ओझेलमा छन् । अनुसन्धानका लागि केन्द्रबाट चार टोली आए पनि, जवाफमा केबल अनुसन्धान जारी छ भन्ने कुरा मात्रै पाइएको निर्मलाका आफन्तले बताएका छन ।

त्यसैगरी घटनापछि परिवारका सदस्यको पीडा हुनुका साथसाथै उनका सहपाठी र विद्यालयमा अध्ययनरत छात्राले नियमित विद्यालय आउनै छाडेका छन् ।

घटनापछि निर्मला अध्ययनरत विद्यालयमा कक्षा ११ मा छात्राहरुको भर्नादर समेत घटेको छ ।

छात्राहरुको असुरक्षाका कारण भर्ना घटेको विद्यालयका प्राचार्य जगन्नाथ पाण्डेयले बताउनु भयो ।

अघिल्लो बर्ष ३९ विद्यार्थी भर्ना भएकोमा २६ छात्रा थिए यो वर्ष भने कुल ३२ जना मध्ये नौ जना मात्रै छात्रा भर्ना भएका छन् । सरस्वती उच्च माध्यमिक विद्यायलका प्राचार्य पाण्डेयले निर्मला घटनापछि त्रास बढेको बताउनु भयो ।

धेरै जसो विद्यार्थी वडा नम्बर १८ बाट आउने र त्यो वडा घटनास्थलबाट पश्चिम तर्फ भएकाले त्यहाका विद्यार्थीले यसपाली विद्यायल आउन नमानेको उहाले बताउनु भयो ।

Share.

About Author

Leave A Reply