नेपालको पश्चिमी नाका गड्डाचौकीमा सीमा सुरक्षामा कडाई

0

महेन्द्रनगर, चैत्र ८
नेपालको पश्चिमी नाका गड्डाचौकीमा सीमा सुरक्षामा कडाई गरीएको छ । पछिल्लो समयमा नेपालको राजनीतिक परीस्थितलाई मध्यनजर गर्दै सीमा क्षेत्रमा चेकजाजमा कडाई गरीएको सुरक्षा निकायले बताएका छन् । भारतमा हुन गइ रहेको आम निर्वाचन र नेपालमा नेपाल सरकारले नेत्रविक्रम चन्द विप्लप नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको स्थितमा सुरक्षा चुनौति थपिन सक्ने भन्दै सीमामा खटिएका नेपाल शसस्त्र प्रहरी बलले सीमा सुरक्षा गर्नुका साथसाथै भारतबाट आयात हुन सक्ने अवैध सामानहरु पनि आयात नहोस भन्नका लागी सीमा सर्तकता बढाएको छ । नेपाल भारत आवतजावत गर्ने यात्रुहरुलाई ओसारपसार गर्ने सवारी साधनहरु ट्याक्सी तथा अन्य साधनहरुलाई ब्यारेलबाटै मात्र यात्रुहरुलाई बोक्न आग्रह गरीएको नेपाल शसस्त्र प्रहरी सीमा सुरक्षा बलका शसस्त्र प्रहरी निरीक्षक गौरव सिह भण्डारीले जानकारी दिनु भयो । यसले गर्दा चेकजाचमा सहज हुने र अवैध कृयाकलाप पनि रोक्न सहज हुने उहाले बताउनु भयो ।

Share.

About Author

Leave A Reply