नेपालले दशरथ रंगशालामा फिफा विश्वकप छनोटको दोस्रो चरणको छनोट खेल्ने

0

महेन्द्रनगर, श्रावण २
फिफा विश्वकप छनोटको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले घरेलु मैदानमा खेल्ने खेलहरु दशरथ रंगशालामा हुने भएका छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले नेपालले खेल्ने विश्वकप छनोटका खेलहरु रंगशालामा खेलाउने र त्यसका लागि यही साताबाट मैदानमा दुबो रोप्ने काम सुरु गर्ने बताउनु भयो । चीन सरकारको सहयोगमा रंगशालाको सिन्थेटिक ट्रयाक राख्ने, फ्लड लाइटको कामहरु सकिएपछि भीआईपी प्याराफिट र साउण्ड सिस्टमको काम बाँकी रहेको छ । भीआईपी प्याराफिट बनेपछि साउण्ड सिस्टमको काम पनि समाप्त हुनेछ । यसका साथै मैदानको स्कोरबोर्ड पनि तयार भएको छ । रंगशालाको अन्य काम सकिए पनि चीन सरकारले हस्तान्तरण नगर्दा मैदानको पिच बनाउने काम भने सुरु हुन सकेको छैन । ट्रयाक बनाइसके पनि मैदानमा दुबो रोप्ने काम सुरु नहुँदा विश्वकप छनोटका खेलका लागि रंगशाला तयार हुन्छ की हुँदैन भन्ने प्रश्न उब्जिएको थियो । एन्फाले मैदानमा दुबो रोप्नका लागि परिषद् र खेलकुद मन्त्रालयसँग छलफल गरेपनि चिनियाँ कम्पनीले हस्तान्तरण नगर्दासम्म काम गर्न कठिन रहेको बताइएको थियो । तर परिषद्का सदस्यसचिव सिलवालले अब मैदानमा दुबो रोप्ने काम शनिबारबाट नै सुरु गर्ने बताएका छन् ।

Share.

About Author

Leave A Reply