नेपाली कांग्रेश कंचनपुरको जनजागरण अभियान शुरु

0

महेन्द्रनगर
नेपाली कांग्रेश कंचनपुरले आज देखि दोस्रो चरणको जनजागरण अभियान शुरु गरेको छ । १०६ औं बिपी जयन्तीको अवसर पारेर वेदकोट नगरपालिका वडा नं. ५ को पोलखरीमा १०६ ओटा बृक्षा रोपण गरेर जनजागरण अभियानको उद्घाटन गरिएको हो । नेपाली कांग्रेश क्षेत्र नं.२ ख का प्रदेश सभापति करन सिह ऐरको अध्यक्षतामा र केन्द्रिय प्रतिनिधि टेक बहादुर रैकाको प्रमुख आतिथ्यमा शुरु भएको जनजागरण अभियानको बिशिष्ट अतिथीमा नेपाली कांग्रेश कंचनपुरका सभापति हरि प्रसाद बोहरा रहनु भएको थियो । साथै भोली देखि १७ वटा वडाहरुमा कार्यकर्ताहरुसंग भेटघाट र संगठन बिस्तार गरिने प्रदेश सभापति करन सिह ऐरले बताउनु भयो । नेपाली कांग्रेशको आयोजनामा शुरु भएको दोस्रो चरणको जनजागरण अभियान असोज ७ गते सम्म संचालन हुने छ । १०६ औ बिपी जयन्ती शुक्लाफाटा नगरपालिका वडा नं.९ मा पनि मनाइएको छ । शुक्लाफा“टा उद्यान पार्क सिसैयामा १०६ वटा बृक्षा रोपण गरेर बिपी जयन्ती मनाएको कुरा शुक्लाफाटा नगरपालिका वडा नं.९ का वडा अध्यक्ष रमेश बहादुर ऐरले बताउनु भयो ।

Share.

About Author

Leave A Reply