नेपाली कांग्रेस दोस्रो चरणको जागरण अभियानमा

0

महेन्द्रनगर, भाद्र २८
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस अहिले दोस्रो चरणको जागरण अभियानमा छ । जननेता एवं कांग्रेस संस्थापक नेता बिपी कोइरालाको जन्मजयन्तीको अवसर पारी मंगलबारदेखि देशै भर हिमाल पहाड तराई राष्ट्रिय जागरण अभियान दोस्रो चरणका कार्यक्रम थालेको कांग्रेसले विभिन्न स्थानीय तहमा वर्तमान सरकारका कमी कमजोरी औँल्याउँदै कार्यकर्तालाई सचेत गराउँदै छ। सरकार कामकार्वाहीलाई मुख्य एजेण्डा बनाइ कार्यकर्ता माझ जाने नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय भए पनि अभियानमा कांग्रेसमा हाभी देखिएको गुटगतको राजनीतिको अन्त्य गरी सरकारका कामकार्वाहीविरुद्ध संयुक्त आवाज शसक्त रूफमा उठाने गरी अभियान सञ्चालन गर्नुपर्ने कांग्रेस नेता कार्यकर्ताको सुझाव छ। कांग्रेस कार्यकर्ताले नेतालाई पहिले एकता गर्न सुझाव दिएका छन् । पार्टी नेतृत्वलाई एक भएर अगाडि बढ्न कांग्रेस कार्यकर्ताको सुझाव छ । नेपाली कांग्रेसले संचालन गरेको जनजागरण अभियानअन्तर्गत डडेल्धुराको भित्रीमधेसमा पर्ने परशुराम नगरपालिका वडा नम्बर ४ कटालमा आयोजित कार्यक्रमका सहभागि कार्यकर्ताले पहिले कांग्रेस एक ढिक्का भइ काण्डैकाण्डको भुमरीमा फसेको भ्रष्ट सरकारविरुद्ध शसक्त आवाज उठाने गरी मतदातालाई सचेत गराउनु पर्ने सुझाव दिएका हुन् ।

Share.

About Author

Leave A Reply