नेपाल आईस धनगढी फुटसल लिगको उपाधि कैलाश विकास वैंकलाई

0

महेन्द्रनगर, भाद्र २८
कैलालीमा आयोजित नेपाल आईस धनगढी फुटसल लिगको उपाधि कैलाश विकास वैंकले जितेको छ । नविल वैंकलाई ९—४ ले हराउँदै कैलाश विकास बैंकले उपाधि जितेको हो । सुदुरपश्चिम प्रदेशको सर्वाधिक धनराशीको नेपाल आईस धनगढी फुटसल लिगको विजेता बनेसँगै कैलाश विकास वैंकले नगद ५० हजार सहित टफी मेडल र प्रमाणपत्र पाएको छ । उपविजेता बनेको नविल बैंकले नगद २५ हजार सहित टफी मेडल र प्रमाणपत्र पाएको छ । कैलाशलाई उपाधि जिताउन निशान थापाले दोहोरो ह्याटिक गरे भने रमेश वोहोराले २ र महेश चौधरीले एक गोल थपे । नविका लागि विवेक विष्टले २ तथा विरेन्द्र विष्ट र केशव चौधरीले एक एक गोल फर्काए । फ्ल्याटल्याण्ड फुटसलमा भदौ ६ गतेदेखि सुरु भएर आज शनिबार सम्पन्न लिगको उत्कृष्ट खेलाडी नविल वैंका विरेन्द्र विष्ट भए । सर्वाधिक गोलकर्ता कैलाश विकास वैंकका रमेश वोहोरा र उत्कृष्ट गोलरक्षक कैलाशकै सन्दीप शर्मा भए । विजयी खेलाडीहरुलाई एक समारोहका बीच ट्रफी मेडल र प्रमाणपत्र वितरण गरिएको कैलालीका पत्रकार सीताराम ओझाले जानकारी दिनु भएको छ । फ्ल्याटल्याण्ड फुटसलका अध्यक्ष आशिष शाहको अध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि धनगढी उपमहानगरपालिकाका मेयर नृप ओड रहेका थिए । वैंकर्स क्लब धनगढीका अध्यक्ष धर्म विष्ट र नेपाल राष्ट वैंक धनगढीका निर्देशक निञ्चल अधिकारी विशिष्ठ अतिथि रहेका थिए । फ्ल्याटल्याण्ड फुटसलको आयोजना तथा नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको सह आयोजनामा भएको धनगढी फुटसल लिगलाई सिजी ब्रुअरीको उत्पादन नेपाल आईसले प्रायोजना गरेको थियो भने धनगढी उपमहानगरपालिका प्रबद्र्धक रहेको थियो ।

Share.

About Author

Leave A Reply