नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द निर्वा्चित

0

महेन्द्रनगर, असोज ११
नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द निर्वा्चित हुनु भएको छ ।

अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले गठन गरेको स्वतन्त्र कमिटीको समन्वयमा शनिबार सम्पन्न विशेष साधारणसभाबाट अध्यक्ष चन्दले अर्का अध्यक्षका प्रत्यासी विनयराज पाण्डेलाई बहुमत मतले हराउँदै निर्वा्चित हुनु भएको हो ।

५९ जना प्रतिनिधिले मतदान गरेको निर्वाचनमा चन्दले ४४ मत प्राप्त गर्दा पाण्डेले १५ मत प्राप्त गरे । १७ सदस्यीय नयाँ कार्यसमितीका लागि शनिबार भएको निर्वाचनमा अन्य पदाधिकारीमा समेत चन्द प्यानलले बहुमत प्राप्त गरेको छ।

संघको उपाध्यक्षमा चन्द प्यानलका राजुबाबु श्रेष्ठले ४१ मतका साथ विजयी हुँदा उनका प्रत्यासी मिङ्मा डाण्डु शेर्पाले १७ मत पाए।

संघको सचिवमा चन्द प्यानलका अशोकनाथ प्याकुरेल ४३ मत पाउँदै निर्वा्चित हुँदा उनका प्रत्यासी विनोद कुमार मैनालीले १५ मत प्राप्त गरे।

कोषाध्यक्षमा चन्द प्यानलका रोशन कुमार सिंह ४५ मत पाएर निर्वा्चित भए भने उनका प्रत्यासी उपेन्द्र भट्टराईले १२ मत पाए।

प्रदेश सदस्यतर्फ प्रदेश १ बाट कैलाश विष्टले ३७ र प्रदेश ३ बाट अमितवीर पाण्डे ३९ मत प्राप्त गर्दै अन्य पदाधिकारीमा निर्वा्चित भए।

प्रदेश सदस्यतर्फ प्रदेश २ बाट दाउद अन्सारी, प्रदेश ४ बाट ऋषिराम गौतम, प्रदेश ५ बाट प्रसान्त बिक्रम मल्ल, प्रदेश ६ बाट पदम बहादुर खड्का र प्रदेश ७ बाट बिक्रम बिष्ट निर्विरोध निर्वा्चित भए।

हालै मात्र समावेश गरिएको महिला सदस्यमा जयन्ती भट्ट एक मात्र उम्मेदवार भएकाले निर्विरोध घोषित भइन्।

खुल्ला सदस्यमा दुर्गा राज पाठक (४२), बिरेन्द्र वहादुर चन्द (३६), माधव कुमार कर्माचार्य (३५), संजय राज सिंह (३४) र करन महोत्रा क्षेत्री (३०) ले मत प्राप्त गर्दै निर्वा्चित भए।

निर्वाचनमा ३९ जिल्ला र २० प्रदेशबाट आएका ५९ प्रतिनिधिले नयाँ कार्यसमितका लागि मतदान गरेका थिए। सरकारी हस्तक्षेप अवैधानिक निर्वाचन गराएको भन्दै यस अघि २०७३ सालमा आईसीसीले नेपाल क्रिकेट संघलाई निलम्बन गरेको थियो।

त्यो बेला पनि चतुर बहादुर चन्द नै अध्यक्ष थिए । नेपाली क्रिकेट विवाद समाधानका लागि आईसीसीले बनाएको सल्लाहकार समितिले क्यानको विधान तयार गरेको थियो ।

सोही विधानमा अनुसार आईसीसीको स्वतन्त्र कमिटिलाई नयाँ नेतृत्व लागि निर्वाचनको म्यानडेट दिएको थियो । शनिबारको निर्वाचनसँगै नेपालको निलम्बन फुकुवा हुने विश्वास लिइएको छ ।

Share.

About Author

Leave A Reply