नेपाल चिकित्सक संघले डाक्टर गोविन्द केसीका मागहरूको समर्थन गर्दै आज प्रदेश नम्वर ७ का सबै स्वास्थ्य संस्थामा एक घण्टा विरोधको कार्यक्रम

0

महेन्द्रनगर, असार २७

नेपाल चिकित्सक संघले डाक्टर गोविन्द केसीका मागहरूको समर्थन गर्दै आज प्रदेश नम्वर ७ का सबै स्वास्थ्य संस्थामा एक घण्टा विरोधको कार्यक्रम गरेको छ । नेपाल चिकित्सक संघ प्रदेश नम्वर ७ ले केसीको जीवन रक्षाका लागि दबाब दिन एक घण्टा काम नगर्ने निर्णय गरेको हो । संघले मंगलबार नै सरकारले डाक्टर केसीको माग सम्बोधन नगरे बुधबारदेखि विरोध स्वरुप १ घण्टा स्वास्थ्य संस्था बन्द गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार सेती अञ्चल अस्पतालमा पनि १० देखि ११ बजे सम्म बहिरंग सेवा ठप्प भएको थियो भने इमरजेन्सी भने खुलै थियो । नेपाल चिकित्सक संघ प्रदेश नम्वर ७ का अध्यक्ष डाक्टर प्रमोद जोशीले डाक्टर केसीको मागमा ऐक्यवद्धता जनाउदै उहाको जिवन रक्षाका लागि एक घण्टा पेन अडाउन गरिएको बताउनुभयो । सरकारले समस्या समाधानको पहल नगरे यो समय बढाउदै लगेर इमर्जेन्सी बाहेकको सेवा बन्द गर्ने चेतावनी पनि संघले दिएको छ ।

Share.

About Author

Leave A Reply