नेपाल भन्दा पछि क्रिकेट खेल्न थालेको अफगानिस्तानले टेस्टमा भारत विरुद्ध डेब्यु गर्दै

0

नेपाल भन्दा धेरै पछि क्रिकेट खेल्न थालेको अफगानिस्तानको लागि अाज एतिहासिक दिन हुनेछ । उसले अाज भारत विरुद्धको खेल्दै टेस्ट क्रिकेटमा डेब्यु गर्दैछ ।

अफगानिस्तान र भारत बीचको पहिलो टेस्ट आजबाट बैङलोरमा सुरु हुदैछ । यो खेल अफगानिस्तानका लागि ऐतिहासिक हुनेछ । अफगानिस्तान र आयरल्यान्डले गत वर्षको जुनमा अन्तराष्ट्रिय क्रिकेट परिषद बाट पुर्ण सदस्यको मान्यता पाएका थिए । यी दुइको आगमनसँगै टेस्ट मान्यता प्राप्त राष्ट्रको संख्या १२ पुगेको छ ।

अंसगर स्तानिकजाइको नेतृतवमा रहेको अफगान टिममा विश्व स्तरिय स्पिनर रासिद खान, मुजिब उर रहमान छन । रासिदले भर्खरै सम्पन्न इन्डियन प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्दै सवैको प्रसंसा पाएका थिए । भारतीय क्रिकेट टिमका करुण नायरले , टेस्ट क्रिकेट रासिदका लागि फरक हुने बताए । किनकी रासिद संग लामो फरम्याटको क्रिकेट खेलेको अनुभव छैन् ।

विगत लामो समय देखी अफगानिस्तानले क्रिकेट खेलिरहेको भएपनि २०११ म मात्र एकदिवशीय मान्यता पाएको थियो । नेपाल भन्दा पछि अन्तराष्ट्रिय क्रिकेटमा पाइला टेकेको अफगानिस्तानले छोटो समयमानै यसति ठुलो सफलता हात पारेको छ । अझै पनि युद्धको मार खेपिरहेको अफगानिस्तानले २०१५ मा एक्दिवशीय विश्वकप खेलेको थियो । उसले ट्वान्टी ट्वान्टी विश्वकपमा पनि सहभागिता जनाइसकेको छ ।

भारत:- अजिंक्य रहाणे (कप्तान), शिखर धवन, मुरली विजय, चेतेश्वर पुजारा, केएल राहुल, करुण नायर, दिनेश कार्तिक (विकेटकीपर), हार्दिक पंड्या, शार्दुल ठाकुर, नवदीप सैनी, रविचंद्रन अश्विन, रविंद्र जडेजा कुलदीप यादव, इशांत शर्मा, उमेश यादव

अफगानिस्तान:- अशगर स्टेनिकजई, मोहम्मद शहजाद, जावेद अहमदी, रहमत शाह, एहसानुल्लाह जनात, नासीर जमाल, हशमतुल्ला शाहिदी, अफसर जजाई, मोहम्मद नबी, राशिद खान, जाहिर खान, अमीर हमजा होताक, सैयद अहमद शिरजाद, यामिन अहमदजई वफादार, मुजीब उर रहमान

Share.

About Author

Leave A Reply