पछिल्लो समयमा समाजमा दिनहु बलात्कार र महिला हिंसाका घटना बढ्न थाले

0

महेन्द्रनगर, असोज ०६
पछिल्लो समयमा समाजमा दिनहु बलात्कार र महिला हिंसाका घटना बढ्न थालेपछि महिलाहरुका लागी आत्मरक्षा सम्बन्धी निशुल्क शिविरको आयोजना गरिने भएको छ । राष्ट्रिय गोजुरियो कराते दो संघ नेपालको आयोजनामा असोज २० गते देखि धनगढीमा आत्मरक्षा शिविरको आयोेजना हुने भएको हो । सो शिविरले केहि हद सम्म भए पनि महिला हिंसाका घटनामा न्युनिकरण हुने आयोजकले विश्वास लिएको छ । महिलाको क्षेत्रमा काम गर्दै आइरहेको आरेक नेपाल, कमैया प्रथा उन्मुलन समाज, युवा शान्ति परिषद्, क्रियाशील महिला पत्रकार समूहको सहयोगमा आत्मरक्षा सम्बन्धी शिविरको आयोजना गर्न लागिएको आज धनगढीमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय गोजुरियो कराते दो सघंले जनाएको छ । सघंका महासचिव प्रकाश चन्दले महिलामाथि हुने हिंसा, बलात्कार लगायतका घटना न्यूनिकरणकमा शिविरले सहयोग पुग्ने अपेक्षा गरिएको बताउनु भयो । उहाले शिविरमा लड्न नभइ किक र पञ्चका माध्यमबाट आत्मरक्षा गर्न सिकाउँने बताउनु भयो । असोज २० गतेबाट महिलाहरूका लागि आत्मरक्षा सम्बन्धी सात दिने शिविरमा प्रदेश ७ का एक हजार महिलाको सहभागिता रहने छ । सहभागी एक हजार महिलाबाट उत्कृष्ट एक सय जनालाई प्रशिक्षकको रूपमा छनौट गरिने र उनीहरूले सम्बन्धित स्थानीय तहको सहकार्यमा प्रत्येक स्थानीय तहमा शिविर सञ्चालन गर्नेछन् । महिलाको क्षेत्रमा काम गर्दै आइरहेको आरेक नेपालका संयोजक विनु रानाले यसलाई अन्य प्रदेश र प्रत्येक स्थानीय तहमा पनि सञ्चालन गरिने बताउनु भयो ।

Share.

About Author

Leave A Reply