पुलहरु बाढीले बगाउँदा स्थानीयबासीन्दा र दुई सय विद्यार्थीहरुलाइ आवतजावतमा समस्या

0

महेन्द्रनगर, असार २७
दार्चुलामा तीन दिनदेखिको अविरल वर्षाका कारण गएराति नौगाड खोलामा आएको बाढीले काठेपुल र आरसिसि पुल बगाएपछि परिक्षा स्थगित भएको छ । दार्चुलाको नौगाड गाउँपालिका स्थित नौगाड खोलामा आएको बाढीले बिद्यालय जान खोलामा लगाएको पुल बगाएपछि जनहित माविमा सञ्चालन भइरहेको प्रथम चौमासिक परिक्षा स्थगित भएको हो । बाढीले पुल बगाउँदा विद्यार्थी विद्यालय जानबाट वञ्चित भएका छन् । पुलहरु बाढीले बगाउँदा स्थानीयबासीन्दा र दुई सय विद्यार्थीहरुलाइ आवतजावतमा समस्या भइरहेको जनहित माविका सहायक प्रधानाध्यापक प्रेमसिँह ठगुन्नाले जानकारी दिएका छन् । यस्तै, सोही क्षेत्रको देथला–धुलिगडा सडकखण्डको ठाउँ ठाउमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । सडकको पर्खाल भत्किएको स्थानीयहरुले बताएका छन् । बाढी प्रभावित विद्यालयहरु बन्द गरिएका छन् । बाढीका कारण नौगाड गाउँपालिकाका १ देखि ६ नम्बर वडाहरुमा क्षति भएको र २ वटा जलविद्युत आयोजनामा समेत क्षति पुगेको छ । केही स्थानमा घरहरु भत्केको भन्ने खबर आए पनि मानवीय क्षतिको खबर भने अहिलेसम्म कुनै खबर नआएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ ।

Share.

About Author

Leave A Reply