प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण प्रदेश नम्बर ७ का लागि कागलाई वेल पाक्यो हर्ष न विस्मात जस्तै

0

महेन्द्रनगर, असार, ९
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण प्रदेश नम्बर ७ का लागि कागलाई वेल पाक्यो हर्ष न विस्मात जस्तै भएको छ । ६ दिने औपचारिक चीन भ्रमणका क्रममा प्रधामन्त्री ओलीले गरेका विभिन्न सम्झौतामा प्रदेश नम्बर ७ का कुनै पनि विषयले प्राथमिकता पाउन सकेको छैन ्। नेपाल र चीनबिच विहीबार रेलमार्ग सहित विभिन्न १४ बुदे सम्झौता र सहकार्यका लागि पत्र आदानप्रदान भएपनि उक्त सम्झौतामा प्रदेश नम्बर ७ का कुनै पनि विषयले स्थान पाउन नसकेका हुन्। प्रधानमन्त्रीको भ्रमणका क्रममा दार्चुला र बझाङ जिल्ला भएर चिनसंगको नाका सञ्चालनको विषयले स्थान पाउने अपेक्षा गरिएको थियो । तर यी दुई महत्वपूर्ण विषयले प्राथमिकता पाउन सकेनन्। आगामी आर्थिक बर्षको बजेमा स्वदेशी लगानीमै बनाउने भनिएको पश्चिम सेति जलविद्युत आयोजना चिन पुगेर फेरी चाईनीज कम्पनीलाई दिने भाषण गरेपछि प्रधानमन्त्री ओलीको आलोचना समेत भएको छ । नेपाली काँग्रेसका नेता एनपी सावदले प्रधानमन्त्रीको भ्रमणका क्रममा प्रदेश ७ का कुनै पनि योजना नपर्नु दुःखद कुरा भएको बताउनुभयो।

 

 

Share.

About Author

Leave A Reply