बझाङका १२ स्थानीय तह मध्ये १० स्थानीय तहमा बैंक

0

महेन्द्रनगर, चैत्र ८
बझाङका १२ स्थानीय तह मध्ये १० स्थानीय तहमा बैंक पुगेका छन् । साइपाल गाउँपालिका र थलारा गाउँपालिका बाहेक अन्य सबै स्थानीय तहमा बैंकिङ् सेवा सञ्चालनमा आएको हो । गाउँघरमै बैंक स्थापना भएपछि स्थानीयबासीले खुसी व्यक्त गरेका छन् । तर बैंक स्थापना नभएका साइपाल र थलारा गाउँपालिकाका स्थानीयले भने पटकपटक पहल गरेपनि बैंकहरुले अटेरी गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । साइपाल गाउँंपालिकाको आर्थिक सहयोगमा निर्माण हुन लागेको काया खोला लघुजलविद्युत योजनाका अध्यक्ष मानबहादुर बोहराले उपभोक्ता समितिको खातामा निकासा लिन ठूलो कष्ट भोग्नुपरेको गुनासो गर्नुभयो । उहाले खाता खोल्ने फारम ल्याउन ३ दिन हिँडेर सदरमुकाम पुगेको तर खाता खोल्न गाउँपालिकाको सिफारिस र छाप लगाउनुपर्ने हुनाले फेरि ३ दिन हिडेर गाउपालिकाको कार्यालयमा पुगेको बताउनुभयो ।

Share.

About Author

Leave A Reply