बहुमतको सरकारले जन अपेक्षा अनुसार काम गर्न सकेन, बाबुराम भट्टराई

0

महेन्द्रनगर, जेठ २१
बहुमतको सरकारले जन अपेक्षा अनुसार काम गर्न नसकेको समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बताउनुभयो । उहाले वर्तमान सरकारले एक बर्षको समयमा पनि जनतालाई अनुभूति हुने खालका कुने पनि काम नगरेकोले जनता निराश बनेको बताउनुभयो । समाजवादी पार्टी नेपालको सुदूरपश्चिम प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमका लागि आउनु भएका भट्टराईले अब समाजवादी पार्टि नै जनताको आगामी विकल्प रहेको बताउनु भयो । वर्तमान सरकार जनतालाई सुशासन र न्यायको अनुभूति दिलाउन असमर्थ भएको उहाको भनाइ छ । बलात्कार पछि हत्या भएकी बालिका निर्मला पन्तको बारेमा बोल्दै उहाले हत्या भएको एक बर्ष पुग्नै लाग्दा पनि सरकारले अपराधि पत्ता लगाउन नसकेको बताउनु भयो । जनताको शंका सत्तापक्षकै ब्यक्ति तिर हुँदा पनि सरकारले निश्पक्ष छानविन गर्न नचाहेको उहाको आरोप छ । सरकारले आगामी बर्षको लागि प्रस्तुत गरेको निति तथा कार्यक्रम पनि संघियताको मर्म विपरित रहेको उहाको भनाइ छ । ‘देशको गरिबि र बेरोजगारी अन्त्यका लागि कुनै गुणात्मक संकेत सरकारको निति कार्यक्रममा नदेखिएको बताउदै भट्टराईले सरकारले एक बर्षमा कानुन बनायौं भनेर धाक लगाए पनि ति ऐन कानुनहरु देश विकास र परिवर्तनको विरुद्धमा रहेको बताउनु भयो । भरखरै सरकारले लोकसेवा आयोगका लागि खोलेको आवेदन पनि एकात्मक ढंगले आएको उहाले बताउनु भयो । पार्टिका अर्का अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले सरकारले ल्याएको बजेटले सन्तुलित विकासलाई समेट्न नसकेको बताउनु भयो । सरकारले गर्ने हरेक कुरा एकलौटी रुपमा भैरहेको भन्दै उहाले सरकारले अहिले खोलेको लोकसेवा आवेदनलाई फिर्ता लिएर समावेशीतालाई आधार मानेर अर्को चोटि आवेदन खोल्नुपर्ने बताउनु भयो । पार्टिको एकिकरण पश्चात सात वटै प्रदेशका ८ ठाउँमा कार्यकर्ता अभिमूखिकरण कार्यक्रम अन्तरगत ८ औं कार्यक्रममा उपस्थितीका लागि पार्टी अध्यक्ष तथा पुर्वप्रधानमन्त्री बाबुराम भट्टराई, उपप्रधान एवम स्वास्थ्य मन्त्री उपेन्द्र यादव सुदूरपश्चिम आउनु भएको हो ।

Share.

About Author

Leave A Reply