बेदकोट नगरपालिकाले लिङ्गा क्षेत्रमा पनि सरसफाई

0

महेन्द्रनगर, असोज १८
बेदकोट नगरपालिकाले लिङ्गा क्षेत्रमा पनि सरसफाई गरेको छ । स्थानीयदेखि सांसदहरुसम्मको उपस्थितिमा बेदकोट नगरपालिकाले पर्यटकिय क्षेत्र लिङ्गामा सरसफाई गरेको हो ।

लिङ्गा रहेको बेदकोट नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष भाष्कर दत्त भट्टले सरसफाई अभियान ऐतिहासिक भएको बताउनु भयो ।

कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री प्रकास रावलले नेपाल भ्रमण बर्ष २०२० सफल पार्नका लागि समेत बेदकोट नगरपालिकाको आयोजनाको काम सराहनीय भएको टिप्पणी गर्नु भयो ।

राज्यमन्त्री रावलले पर्यटकिय क्षेत्र सुधारका लागि प्रदेश सरकार लागि परेको बताउनु भयो । पर्यटन प्रर्बद्धनका लागि प्रदेश सरकारले सुदूरका पाँच कोरिडोर अघि सारेको धारणा राख्नु भयो ।

प्रतिनिधी सभा सदस्य बिना बुढाथोकी, सुदुरपश्चिम प्रदेश सभा सदस्य लाल बहादुर खड्काले पर्यटन प्रर्बद्धनमा जोड दिनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रतिनिधी सभा सदस्य एव महिला तथा बालबालिका समितिका सभापति निरुदेवी पालले भित्री मनैदेखि सरसफाई गरे अवश्व देश स्वच्छ हुने बताउदै आ–आफ्नो क्षेत्र तहबाट सरसफाईमा जोड दिनु भयो ।

वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले भ्रमण बर्ष २०२० सफल पार्नका साथै पर्यटन प्रर्बद्धनका लागि पर्यटकिय क्षेत्रमा बृहत क्षेत्रको सहभागितामा सरसफाई गरिएको जानकारी दिनु भयो ।

नगर प्रमुख चन्दले बेदकोट नगरपालिकाले पर्यटन विकासका साथै भ्रमण बर्ष सफल पार्नका लागि थुप्रै योजना अघि सारेको बताउनु भयो ।

सरसफाई अभियानमा सबै नागरिकले आ–आफ्नो भित्र्रीमनैदेखि अघि बढाउनु पर्नेमा नगर प्रमुख चन्दले जोड दिनु भयो ।

Share.

About Author

Leave A Reply