बैतडीका विभिन्न स्थानका प्रहरी चौकी जीर्ण अवस्थामा

0

महेन्द्रनगर, असार २६
बैतडीका विभिन्न स्थानका प्रहरी चौकी जीर्ण अवस्थामा रहेका छन् । ती चौकीहरू पानी पर्दा चुहिने समस्या रहेको प्रहरीको गुनासो छ । जिल्लामा रहेका १९ वटा प्रहरी चौकी भाडाको भवनमा सञ्चालनमा छन् । कच्ची घरमा रहेका ती चौकीको भवनमा चुहिने समस्या रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले बताउनुभयो । सदरमुकाम नजिकैका बाराकोटा, थालिगडा, सतबाझका प्रहरी चौकी भाडाको भवनमा छन् । यस्तै, नागार्जुन, खोचलेक, गोकुलेश्वर, कुलाउ, शंकरपुर, रोडीदेवल, कुस्मौदघाट, महाकाली, हल्दुविनायक, शिवलिंग र धर्मघाट प्रहरी चौकी भाडामा भवनमा रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । ती भवन जीर्ण र पानी चुहिने अवस्थाका छन् । जीर्ण तथा चुहिने भवनमा बस्नु पर्दा आफूहरूलाई समस्या भएको प्रहरीहरूको गुनासो छ । शान्ति सुरक्षा कायम गर्ने प्रहरी आफैं असुरक्षित हुदा शान्ति सुरक्षा कायम गर्न असहज हुने गरेको छ । व्यवस्थित भवन नहुदा थुनुवालाई हिरासतमा राख्न समेत समस्या भएको प्रहरीको भनाइ छ ।

 

 

Share.

About Author

Leave A Reply