भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध शुक्रवार खोलिने

0

महेन्द्रनगर, असार ११
भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध शुक्रवार खोलिने भनिएको भए पनि आजै राती १२ वजेवाट खोलिने भएको छ ।

बाधमा जम्मा भएको बालुवा तथा अन्य अनावश्यक फोहोर वस्तुहरु सफा गर्नका लागि आजै राती देखि बाध विस्तारै विस्तारै खोलिने भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शकर विष्टले बताउनु भयो ।

एनएचपिसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुला, पिथौरागढ भारतवाट प्राप्त पत्रअनुसार सरसफाईको कार्य हुने भएकोले त्यसपश्चात महाकाली नदीमा जलस्तर बढ्ने भएकोले सतर्क रहन आग्रह गरिएको छ ।

बाँधको ढोका खोलिए पश्चात महाकाली नदीमा पानीको सतह बढी हुने भएकोले तटिय क्षेत्रमा जोखीम बढ्ने भएकोले सतर्कता अपनाउन बैतडी, कञ्चनपुर, डडेल्धुरा लगायतका महाकाली तटीयका वासिन्दाहरुलाई सतर्क रहन सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुले आग्रह गरेका छन् ।

बैतडीमा महाकालीको तटीय क्षेत्र पर्नेसेरादेखि कुस्मतघाटसम्मका नागरिकलाई नदी छेउछाउ आसपास नजान अनुरोध गर्दै जिल्ला प्रसासन कार्यालय सुचना समेत प्रकासन गरेको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताउनु भयो ।

बाँध १४ गते बेलुकासम्म खोलिने भएको भएपनि १५ गते बेलुकासम्म तटीय क्षेत्रमा बासीन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न समेत ४ ओटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले समेत आग्रह गरेका छन् ।

परियोजनाले बाधँमा पानीको मात्रा बढ्ने भएकोले बेलाबेलामा नियमित सरसफाइ गर्नुपर्ने भन्दै बाँध खुला गर्ने गरेको छ ।

२८० मेगावाट बिद्युत क्षमताको धौलीगंगा परियोजनाको बाधँ खोलिनेबारे पछिल्लो समय भारतीय प्रशासनले पुर्व सुचना गराउन थालेपछि पूर्वसतर्कता अपनाउन सजिलो भएको छ ।

वि स २०७० सालमा धौलीगंगाकै बाँधका कारण दार्चुला सरमुकाममा अर्बौको क्षती गरेको थियो ।

Share.

About Author

Leave A Reply