भिम रावलद्धारा चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको खुलेर प्रशंशा

0

महेन्द्रनगर असोज २७
नेकपा सुदुरपश्चिमका इन्चार्ज भिम रावलले चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको खुलेर प्रशंशा गर्नु भएको छ ।

नेकपा सुदुरपश्चिम प्रदेश कमिटीको दोस्रो बैठकलाई कैलालीको धनगढीमा सम्बोधन गर्दै रावलले चीनको विकासबाट नेपालले धेरै कुरा सिक्नुपर्ने बताउनु भयो ।

साथै रावलले भारतबाट नेपालका सबै सिमा नाका सम्म रेल ल्याउन हुने तर चाईनाबाट ल्याउँदा किन आपत्ती ? भन्दै प्रतिप्रश्न समेत गर्नु भयो ।

उहाले १० बर्ष पछि नेपालले नै चीनमा सामान पठाउँन सक्ने भएकाले यस्ता योजना दिर्घकालिन सोच राखेर नै निर्माण गरिने बताउनु भयो ।

उहाले चीनसंग भएको संम्झौता नेपालको पुर्वाधार विकास र नेपाललाई आर्थिक रुपमा अगाडी बढाउने सन्दर्भमा अत्यतै महत्तपूर्ण रहेको बताउनु भयो ।

उहाले नेपाल भूपरिवेष्ठिक राष्ट्र भएकाले नेपालले जति धेरै नाका खोल्न सक्यो त्यति नै बढी फाईदा लिन सक्ने धारणा राख्नु भयो ।

सुदूरपश्चिमको ताक्लाकोट र तिन्कर नाका खोल्ने र पश्चिम सेती जलबिद्युत आयोजना पनि चीन संगको सम्झौतामा समाबेश गर्नका लागि आफूले प्रधानमन्त्रीलाई आग्रह गरेको भएपनि के भएको छ भन्ने कुरो बुझ्न नपाएको रावलको भनाई छ ।

उहाले देश संघियतामा गईसकेकाले अब काठमाण्डौ केन्द्रित नाका मात्रै संचालन नगरी आर्थिक रुपमा पछाडि परेको नाका सुचारु गर्न आवश्यक रहेको बताउनु भएको हो ।

नेकपा सुदुरपश्चिमका इन्चार्ज रावलले चीनका राष्ट्रपतीको नेपाल भ्रमण अगाडी आफुले बालुवाटामा भएको बैठकमा जोडदार रुपमा चीनसंग जोडिएका पश्चिम नाका सुचारु गर्ने बिषयमा आवाज उठाएको बताउदै यस बिषयमा आगामी दिनमा पनि आफूहरुले पहल जारी राख्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

Share.

About Author

Leave A Reply