भीमदत्त नगरपालिकाको वडा नम्बर १ र वडा नम्बर २ भासी व्यारेल आसपासका विभिन्न मासु पसल, डेरी, किराना तथा श्रृङ्गार पसल तगायतका पसलहरुमा अनुगमन

0

महेन्द्रनगर, असोज २५
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नजिकिदै गरेको चाडवाड लक्षित गर्दै बजार अनुगमनलाई तिव्रता दिएको छ । आज भीमदत्त नगरपालिकाको वडा नम्बर १ र वडा नम्बर २ भासी व्यारेल आसपासका विभिन्न मासु पसल, डेरी, किराना तथा श्रृङ्गार पसल तगायतका पसलहरुमा अनुगमन गरीएको हो । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख प्रशासकिय अधिकृत उदयराज जोशीको नेतृत्वमा कृषि कार्यालयका प्रतिनिधी, भेटेनरी कार्यालयका प्रतिनिधी, प्रहरी प्रतिनिधी लगायतको टोलीले अनुगमन गरेको हो । अनुगमनका क्रममा अनिशा मासु पसलमा प्रयोग गरीदै आएका २ थान तराजु, १२ थान भारतीय ढक बरामद गरीएको जनाइएको छ । त्यसैगरी शर्मा किराना पसलमा बोर्ड नराखिएको, म्याद गुज्रिएका ९८ थान मोर्टिन लामखुट्टे भगाउन प्रयोग गरीने धुप, वनबुटी तेल ३ थान बरामद गरीएको र आवश्यक कागजात समेत नभएकाले १५ दिनभित्र आवश्यक कागजात सहित प्रशासन कार्यालयमा हाजिर हुन निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख प्रशासकिय अधिकृत उदयराज जोशीले बताउनु भयो । त्यसैगरी मान किराना पसलमा १३ प्याकेट सोयाविन तेल, ५० थान मोर्टिन, भानु किराना पसलबाट ६ थान भारतीय बैल कोल्हु तेल, रमिता किराना पसलबाट २० प्याकेट बिस्कुट बरामद गरीएको छ । त्यसैगरी शाहिल वाइन शपमा म्याद गुज्रिएका २५० एम एलका २६ थान चिसो पदार्थ बरामद गरीएको प्रमुख प्रशासकिय अधिकृत जोशीले बताउनु भयो । अनुगमन निरन्तर चलि रहने जनाइएको छ । त्यसैगरी दसैं नजिकिएपछि जिल्ला प्रशासन कार्यालय अछामले बजार अनुगमनलाई तीव्रता दिएको छ  । सदरमुकाम मंगलसैन लगायतका व्यापारिक केन्द्रमा चाडपर्वको मौका छोपेर हुनसक्ने कालोबजारी, मनपरी मूल्य र अखाद्य सामग्रीको बिक्री वितरण नियन्त्रणका लागि अनुगमनलाई तीव्रता दिइएको हो । सहायक प्रमुख जिल्ला अधिकारी शीतल रावलले स्थानीय उपभोक्ता तथा यात्रु नठगिने वातावरण बनाउन अनुगमन सुरु गरिएको बताउनु भयो । उहाका अनुसार प्रशासन, प्रहरी, कोष तथा लेखा नियन्त्रक कार्यालय र उद्योग वाणिज्य संघलगायत सरोकारवाला निकायको संयुक्त टोलीले अनुगमन थालेको हो ।

Share.

About Author

Leave A Reply